श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २२ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको नवमी तिथि बेलुका ५।५४ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । भरणी नक्षत्र बेलुका ६।३३ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३५ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका छन् ।
आज शुक्रवार इन्द्रायणी भगवतीको उपासना शुभ रहनेछ । यसैगरी आज कला मनोरञ्जनका कार्य पनि शुभ फलदायी रहनेछन् ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment