आज अष्टमीव्रत, गोरखकाली पूजा हेर्नुहोस् आजको दिन २०७७ माघ ८ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 20, 2021

आज अष्टमीव्रत, गोरखकाली पूजा हेर्नुहोस् आजको दिन २०७७ माघ ८ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ८ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २१ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको अष्टमी तिथि दिवा ३।४३      बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्विनी  नक्षत्र दिवा ३।५६ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य  योग र  बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।३४ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका   छन् ।  

आज अष्टमीव्रतका साथै गोरखकाली पूजा गर्ने दिन हो । अष्टमी तिथि भगवतीको उपासनाका निम्त उत्तम मानिन्छ । यसैले आज गोरखकाली भगवतीको उपासनाका साथै सप्तशती चण्डीको पाठ  शुभ फलदयी रहन्छ ।  

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment