श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको १७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको ३० तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ कृष्णपक्षको द्वितीया तिथि राति ११।२२ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मघा नक्षत्र राति ३।५६ बजेसम्म रहनेछन् । यसैगरी आज सौभाग्य योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।५४ मा छ भने सूर्यास्त बेलुका ५।४२ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।
आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजान शुभ फलदायी रहनेछ । यसैगरी शनिजन्य दोष निवारणका निम्ति शनिमृत्युञ्जयको पाठ पनि लाभदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment