आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ माघ १९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 31, 2021

आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ माघ १९ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको १९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको १ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ कृष्णपक्षको चतुर्थी  तिथि राति ८।१५      बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराफाल्गुनी  नक्षत्र राति २।० बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र  बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।५३ मा छ भने सूर्यास्त बेलुका ५।४३ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका  छन् ।

 

आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग शुभ रहनेछ । 

No comments:

Post a Comment