श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको १२ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २५ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको त्रयोदशी तिथि राति १२।२१ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मृगशिरा नक्षत्र राति १।२० बजेसम्म रहनेछन् । यसैगरी आज ऐन्द्र योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।३८ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहेका छन् ।
आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग शुभ फलदायी रहनेछ । यसैगरी चन्द्रजन्य दोष निवारणका निम्त सोमसूक्तको पाठ पनि शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment