आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७७ माघ १३ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 25, 2021

आज प्रदोषव्रत, हेर्नुहोस् आजको दिन २०७७ माघ १३ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको १३ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २६ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको  त्रयोदशी तिथि राति १२।२१     बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । आद्र्रा नक्षत्र राति २।४९ बजेसम्म रहनेछन् । यसैगरी आज वैधृति योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५५ मा छ भने सूर्यास्त बेलुका ५।३८ बजे हुनेछ । चन्द्रमा आज मिथुन  राशिमा रहेका   छन् ।  


आज प्रदोषव्रत परेको छ । प्रदोष व्रतका शिवजीको उपासना हुने गर्दछ । आजको सन्ध्याकालीन समय दोषयुक्त रहने र केवल शिवजीको उपासना गर्नाले अभीष्ट सिद्धि प्दान गर्ने व्रदोषव्रतको फल बताइएको छ । 

  उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment