आज मंगलवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ माघ २० गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Feb 1, 2021

आज मंगलवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ माघ २० गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको २० गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको २ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ कृष्णपक्षको पञ्चमी  तिथि बेलुका  ६।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । हस्ता नक्षत्र राति १२।३७ बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म  योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५२ मा छ भने सूर्यास्त बेलुका ५।४४ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका  छन् ।  

आज मंगलवार गणेशजी एवं हनुमानजीको उपासना शुभफलदायी रहनेछ । मंगलग्रहजन्य दोष निवृत्तिका निम्ति भौमसूक्तको पाठ पनि आज शुभ फलदायी रहनेछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment