आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस्, आजको दिन, २०७७ फागुन १६ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Feb 27, 2021

आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस्, आजको दिन, २०७७ फागुन १६ गते

 


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको १६ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको २८ तारिख, आइतवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फागुन कृष्णपक्षको प्रतिपदा तिथि दिवा १२।५१   बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र दिवा ११।८ बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।३२ मा छ भने सूर्यास्त बेलुका ६।३ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका  छन् ।  

आज आइतवार सूर्य नारायणको उपासना शभ रहनेछ । आजबाट फागुन कृष्णपक्षको आरम्भ भएको छ । 



No comments:

Post a Comment