श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको २४ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको ६ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ कृष्णपक्षको नवमी तिथि बिहान ९।१ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अनुराधा नक्षत्र बेलुका ६।९ बजेसम्म रहनेछन् । यसैगरी आज ध्रुव योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ६।५० मा छ भने सूर्यास्त बेलुका ५।४६ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा रहेका छन् ।
आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं स्पर्श शुभ फलदायी रहनेछ । यसैगरी शनिजन्य दोषबाट निवृत्तिका निम्ति शनिमृत्युञ्जयको पाठ पनि शुभ फलदायी रहनेछ ।
No comments:
Post a Comment