श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, चैत्र महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको १२ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रकृष्णपक्षको औँसी तिथि बिहान ७।३० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र बिहान ११।९ बजेसम्म रहनेछन् । यसैगरी आज वैधृति योग र नाग करण रहेका छन् । आज सूर्योदय बिहान ५।४५ मा छ भने सूर्यास्त बेलुका ६।२६ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।
आज साोमवरे औँसी परको छ । सोमवारे औँसी स्नानदानका पुण्य कर्मकाम्ति उत्तम मानिन्छ । यसका साथै पितृप्रति श्रद्धाभाव व्यक्त गर्ने आज उत्कृष्ट दिन हो ।
आजको राशिफल
२०७७ चैत्र ३० गते, सोमवार
मेष राशिः कला मनोरञ्जनमा मन जानेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र आज सबल रहनेछ ।
वृष राशिः आर्थिक लाभ हुनेछ । मित्र सुख मिल्नुका साथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । विद्याको क्षेत्र फलदायी रहनेछ ।
मिथुन राशिः पारिवारिक सुख मिल्नेछ । शत्रु पराजित हुनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन आज सुखद् व्यतित हुने देखिन्छ ।
कर्कट राशिः आज चन्द्रबल कमजोर देखिन्छ । आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज लाभदायी रहनेछ ।
सिंह राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । बोलीमा प्रभाव रहनुका साथै कार्यक्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।
कन्या राशिः वित्तीय क्षेत्र लाभदायी रहनेछ । बौद्धिक कार्यमा मन जानुका साथै खेल क्षेत्र पनि आज सबल रहने देखिन्छ । मित्रमिलनका योग पनि रहेकाछन् ।
तुला राशिः पारिवारिक सुख मिल्नेछ । मित्र लाभका साथै आर्थिक पक्ष पनि आज सबल रहने देखिन्छ । प्रेम जीवन पनि पारिखिलो रहनेछ ।
वृश्चिक राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । शत्रु भयका साथै अपव्ययका योग पनि देखिन्छन् । निर्णयप्रक्रियामा नहतारिनु नै उचित हुनेछ ।
धनु राशिः धार्मिक कार्यमा रुचि रहनेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राक योग पनि देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ आजको राशिफल रहेको छ ।
मकर राशिः द्रव्य लाभ हुनेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा मन अभिप्रेरित रहनेछ । पारिवारिक सुख मिल्नेछ देखिन्छ ।
कुम्भ राशिः बौद्धिक कार्यमा रुचि रहनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै आमदानीका स्रोत पनि बढ्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।
मीन राशिः आर्थिक स्थिरता रहनेछ । स्वास्थ्यमा प्रतिकूलताका साथै विद्याको क्षेत्र पनि संघर्षदायी रहनेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहनेछ ।
No comments:
Post a Comment