आज चैतेदशैँ, भौमाष्टमीव्रत पनि आजै हेर्नुहोस् २०७८ वैशाख ७ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Apr 19, 2021

आज चैतेदशैँ, भौमाष्टमीव्रत पनि आजै हेर्नुहोस् २०७८ वैशाख ७ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको २० तारिख, मंगलवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रशुक्लपक्षको अष्टमी तिथि बेलुका ७।३६      बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पुष्य नक्षत्र राति ३।२४ बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।३७ मा छ भने सूर्यास्त बेलुका ६।३१ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका  छन् ।  

आज चैत्रशुक्लपक्षको  अष्टमी तिथिका साथै मंगलवार परेको छ ।  यसैले आज भौमाष्टमीव्रत उत्तम मानिन्छ । चैत्रशुक्लअष्टमीमा महाकाली भगवतीको उपासनाका साथै चैतेदशैँ भव्य रूपमा मनाउने गरिन्छ । महाकाली भगवतीको उपासना आज सर्वकल्याणदायी रहनेछ । 

 

No comments:

Post a Comment