आज आइतवार, त्रिपुष्कर योग रहने हेर्नुहोस् आजको दिन २०७८ वैशाख १९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

May 1, 2021

आज आइतवार, त्रिपुष्कर योग रहने हेर्नुहोस् आजको दिन २०७८ वैशाख १९ गते

 



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको १९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको २ तारिख, आइतवार  हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखकृष्णपक्षको षष्ठी तिथि राति ८।३५      बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाषाढा  नक्षत्र दिवा २।३३ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि  योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।२६ मा छ भने सूर्यास्त बेलुका ६।३७ बजे हुनेछ । चन्द्रमा आज धनु  राशिमा रहेका  छन् ।  

आइतवा सूर्यनारायण भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग शुभ रहनेछ । आज राति ८।३५ बजेपछि भद्रा लाग्नेछ । यसैगरी राति ८।३५ पछि त्रिपुष्कर योग पनि लाग्नेछ । त्रिपुष्कर योगमा मृत्यु, विनाश र वृद्धि भए तीन गुणा फलदिने हुन्छ । मृत्यु र विनाश भएको खण्डमा भने शान्ति गर्नुपर्ने शास्त्रीय विधान पाइन्छ ।

 


No comments:

Post a Comment