श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २४ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको ७ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखकृष्णपक्षको एकादशी तिथि बेलुका ५।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र दिवा २।५८ बजेसम्म रहनेछन् । यसैगरी आज वैधृति योग र बब रहेका छन् । आज सूर्योदय बिहान ५।२२ मा छ भने सूर्यास्त बेलुका ६।४० बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् ।
आज बरुथिनी एकादशीव्रत परको छ । वैशाख कृष्णपक्षको एकादशीलई वरूथिनी भनिन्छ । वरूथको अर्थ कवच वा रषक भन्ने हुन्छ । पापकर्म हुन नदिने वा अनजानमै भए गरेका पापकर्मबाट बचाउने एकादशीव्रत रहेकाले यो एकादशीको नाम वरूथिनी रहनगएको हो । जहाँ साक्षात् विष्णु भगवान्ले भालुको शिकार बन्न लागेका मान्धाताको जीवन रक्षा गर्नु भई कवचको रूपमा भगवान् प्राप्त हुनुभएको कथा वर्णन पाइन्छ ।
कथा –
प्राचीन समयमा नर्मदा तटमा मान्धाता नामक राजा राज्यको अनेक प्कारका सुख उपभोग गर्दै आनन्दपूर्वक राज्य सञ्चालन गरिरहेका थिए । राजकाजमा संलग्न भए पनि उनी अत्यन्त दानशील एवं तपस्वी थिए । एक दिन राजा जङ्गलमा गई तपस्या गर्दै थिए । परमात्मा परमेश्वरको आराधनामा लीन हुँदै गर्दा एउटा जंगली भालू आएर उनको गोडा तान्यो । क्षणभरमै दुवै गोडा खाना थाल्यो । राजा दर्द एवं पीडाले आकुल व्याकुल भए । उक्त समयमा उनले केवल विषुभगवान् भन्दा अरु कसैले साहार दिन नसक्नेठानेर उनले भगवान्को प्रार्थना गरे । यसरी आफ्नो भक्तले प्रार्थना गरेपछि विष्णु भगवान् सहसा त्यहँ प्रकट हुनुभयो र सुदर्शन चक्रको प्रहारले उक्त भालुलाई मारिदिनुभयो ।
राजाले भगवान्को यथोचित स्तुतिगान गरे । यसका साथै आफू विकल हुनुपरेको प्रति भगवान् सँग विन्ति पनि विसाए । यसपछि विषु भगवान्ले आज्ञा गर्नुभयो – हे राजन् यो तिम्रो कर्मको फल भोग हो । जो भोगनुको विकल्प छैन । पूर्व जन्ममाम आर्जित पापकर्मको फल नै यस जन्ममा भोग्नु परेको हो । अब यो विकल अवस्थाबाट पार पाउन एउटामात्र उपाय छ वरुथिनी एकादशीको व्रत लिने । यसैले वैशाख कृष्ण एकादशीका दिन विधिपूर्वक एकादशीको व्रत धारण गरी वराह अवतार भगवान्को आराधना गर्नु सम्पूर्ण मनोकामना पूर्ण हनेछन् भनी भगवान् त्यहाँबाट अन्तध्र्यान हुनुभयो ।
यसपछि भगवान्को आज्ञा अनुसार नै मथुरामा गई वराह अवतार भगवान्को उपासना गर्दै वरूथिनी एकादशीको राजा मन्धाताले व्रत धारण गरे । व्रत समापनसँगै उनका भालुले खाएका गोडा पनि पहिले जस्तै प्राप्त भए । यसपछि उनी पुनः भगवान्को आराधना गर्दै राज्य सञ्चालन गर्न लागे ।
अतः भगवान्को आराधना गर्नाले जस्तासुकै विपत्रिबाट पनि पार पाउन सकिन्छ । संसारमा एकमात्र सारथी भगवान् हुनुहुन्छ । अतः हामीले पनि नित्य भगवान्को प्रार्थना गनुृपर्दछ ।
वरूथिनी एकादशीको व्रत धारण सम्पूर्ण पाप नष्ट भएर यो लोकमा भुक्तिका साथै परलोकमा पनि मुक्ति पपत हुन्छ भन्ने फल श्रीकृष्ण भगवान्ले राजा युधिष्ठिरलाई भविष्योत्तर पुराणमा बताउनुभएको छ ।
x
No comments:
Post a Comment