आज अक्षयतृतीया महिमासहित हेर्नुहोस् आजको दिन २०७८ वैशाख ३१ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

May 13, 2021

आज अक्षयतृतीया महिमासहित हेर्नुहोस् आजको दिन २०७८ वैशाख ३१ गते

 



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको ३१ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको १४ तारिख, शुक्रवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखशुक्लपक्षको तृतीया तिथि अहोरात्र  रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मृगशिरा नक्षत्र अहोरात्र बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।१८ मा छ भने सूर्यास्त बेलुका ६।४४ बजे हुनेछ । चन्द्रमा आज वृषमा छन् ।   


आज अक्षयतृतीयाका साथै  परशुरामम जयन्ती पनि परेको छ । वैशाख शुक्ल तृतीयाका दिन अक्षयतृतीया पर्व आउने गर्दछ । ‘नास्ति क्षयो यस्य सः अक्षयः’(शब्दकल्पद्रुम) अर्थात् कहिल्यै नाश नहुने अक्षय  शब्दको अर्थ हुन्छ ।  यस दिन चान्द्र मास अन्तर्गतको वैशाख शुक्ल तृतीयता तिथि पर्ने भएकाले अक्षय तृतीया भनिएको हो । अक्षय तृतीयाका दिन गरिएका कार्यको फल अक्षय अर्थात् कहिल्यै नाश नहुने शास्त्रमा बताइएको छ । त्यसैले  यस्ता दिन शुभ पूण्य कार्य गर्नु उत्तम हुने गर्दछ । अक्षयतृतीयाका दिन गरिएका कार्य सफल हुने भएकाले यो दिन आफैमा एक मुहूत्र्त पनि हो । हरेन नयाँ कार्यको थालनी यस दिन गर्नु शुभ मानिएको छ । भविष्य पुराणमा सोमवार औसी, आइतवार सप्तमी, मंगलवार चतुर्थी र विहीवार अष्टमी तिथि परेको दिनलाई पनि अक्षया भनिएको छ । अर्थात् ‘अमा वै सोमवारेण रविवारेण सप्तमी । चतुर्थी भौमवारेण  अक्षयादपि चाक्षया ।।’ अर्थात् यी तिथि सहितको वार परेको दिनलाई पनि अक्षया भनिन्छ । 


वैशाख शुक्ल तृतीयामा दान गरेको अक्षय हुन्छ भन्ने कुरा तिथ्यादि तत्त्वमा बताइएको छ ः ‘वैशाखे मासि राजेन्द्र शुक्लपक्षे तृतीयका । अक्षया सातिथिः प्रोक्ता कृत्तिकाराहिणीयुता । तस्यां दानादिकं पुण्यमक्षयं समुदाहृतम् ।।’ अर्थात् कृत्तिका वा रोहिणी नक्षत्रयुक्त अक्षय तृतीयामा गरिएको दान अक्षय पुण्यफलदायी हुन्छ । विशेषतः यस दिन शास्त्रले दानादि कार्यको विशेष फल बताएका छन् ।सर्वत सहितको जलपात्र दान गर्नाले अक्षय पूण्य प्राप्त हुने गर्दछ । यसैगरी जौको सातु दान दिएर खानाले पनि अक्षय पूण्य प्राप्त हुने शास्त्रीय वचन छ । ‘यत्किञ्चिद्दीयते दानं स्वाल्पं वा यदि वा बहु । तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।’ अर्थात् जो थोरै वस्तु दान गरेपनि त्यो अक्षय दान हुन्छ । अर्थात् त्यसको शत प्रतिशत फल भोग गर्न पाइन्छ । 

  

No comments:

Post a Comment