चोट के हो ? - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jun 16, 2021

चोट के हो ?




यथा कण्टकविद्धङ्गो जन्तोर्नेच्छति तां व्यथाम् । 

 जीवसाम्यं गतो लिङ्गैर्न तथाविद्धकण्टकः ।। –श्रीमद्भागवत, १०।१०।१४ 


चोट  परेको व्यक्तिले नै अरुको चोटलाई जान्न सक्छन् । चोट नपरेका व्यक्तिलाई पीडाको कुनै ज्ञान नै हुँदैन । 


 चोट पनि एक जीवन दर्शन हो । हरेक कुराको अनुभूति भोगेपछि मात्र प्राप्त हुनछ । भनाइ र गराइमा निकै अन्तर रहने गर्दछ । स्वयं शङ्कराचार्यले पनि स्त्रीको अनुभव प्राप्त नहुँदा पुनः स्त्रीरूप धारण गरी शास्त्रार्थमा जित्नुभएको थियो । हरेक कुराको ज्ञानका निम्ति तद् विषय र क्षेत्रमा प्रत्यक्ष संलग्न नै रहेको हुनुपर्दछ । चाहे चोट होस् चाहे अन्य जुनसुकै कुरा ।  भनाइ र भोगाइमा निकै अन्तर रहनेगर्दछ ।

 

काँँडो नविजेका मान्छेलाई त्यो काँडो विज्दा कति पीडा हुन्छ भन्ने कुराको ज्ञान हुनसक्दैन । जसले उक्त काँडाको विझाई खाएको छ उसैले मात्र त्यो पीडा र कष्टलाई सही तरिकाले बुझ्न र दुःखाइ कम गर्न सक्दछ । यसैले हरेक कार्य आफैले गर्नु र भोग्नुपर्छ अनिमात्र त्यसको सच्चाइ थाह हुन्छ । 


 एउटा आत्माराम योगीको कथा पनि यहा स्मरणीय हुन्छ । सबैलाई अर्ती उपदेश दिने आत्माराम एकदिन पुत्रशोकले विह्वल भएको घरमा पुगेछन् । यसपछि उनले यो संसारी माया यस्तै हो । दुःख र पीर मान्नु, रुनु कराउनु व्यर्थ छ । शोक गर्नु हुँदैन । धैर्य धारण गर्नुपर्दछ । चिन्तालिनु हुँदैन भनी अर्ती दिएछन् । केही समय पछि एकदिन उक्त पुत्रवियोगी व्यक्ति घुम्दै घुम्दै तिनै आत्मारामको कुटीमा पुगेछन् ।  त्यहाँ आत्माराम दुधालु गाईको देहान्त्यमा निकै पीडा मानी छट्पटाइरहेका हुन्छन् । निकै विलौना गरी आत्मारामले दुधालु गाईको अन्त्यसँगै आफ्ना सारा योजना विफल भएको बताउँछन् । यसपछि ती पहिले पुत्रशोकमा परेका व्यक्तिले आत्मारामलाई, हजुर त आत्मज्ञानका कुरा सुनाउने मान्छे, सबैलाई संझउने बुझाउने मान्छे भएर पनि किन पीर गर्नुभएको छ ?  भनेर प्रश्न गरेछन् । यसपछि आत्मारामले त्यो त तिम्रो छोरो थियो तर यहाँ मेरो गाई मरेको छ । यसैले म चिन्तामा छु भनेर उत्तर दिएछन् । यसरी अरुलाई उपदेश दिन सजिलो भए पनि आफूमा परेको चोटको पीडा निकै नै असैह्य हुने गर्दछ । 


अचानोको पीर खुकुरीलाई थाह हुँदैन भने जस्तै यो संसारमा चोट नपरेको व्यक्तिले असली जीवन जान्न सक्दैन । यसैले चोटलाई  जीवनको मार्गदर्शन मानिएको छ ।  पीडालाई पनि पाठको रूपमा लिनुको विकल्प रहँदैन । अतः चोट पनि जीवनको एक अध्याय एवं मार्गदर्शन हो भन्ने नीति वचन मननीय छ ।  – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –





No comments:

Post a Comment