श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल श्रावण महिनाको १० गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जुलाइ महिनाका २५ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावणकृष्णपक्षाको प्रतिपदा तिथि बिहान ६।२८ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । श्रवण नक्षत्र दिवा १२।५७ बजेसम्म रहनेछन् । यसैगरी आज प्रीति योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।२४ मा छ भने सूर्यास्त बेलुका ६।५५ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।
आज आइतवार सूर्यनारायण भगवान्को उपासनाका साथै सूर्यलाई अर्घदन शुभ फलदयी रहनेछ । यसैगरी सूर्यसूक्त पाठका साथै राता वस्तुको प्रयोग पनि शुभ रहनेछ ।
आजको राशिफल
२०७८ श्रावण १० गते, आइतवार
मेष राशिः धार्मिक कार्यमा मन जानेछ । आय बढ्नुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । मित्र सहयोगले दिनि सार्थक रहनेछ ।
वृष राशिः व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उनतिका साथै कार्य क्षेत्रमा पनि सफलता हात पर्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।
मिथुन राशिः शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा प्रतिकूलता रहनसक्नेछ । बोलीमा सजग रहनु नै आज उचित हुने देखिन्छ ।
कर्कट राशिः प्रिय लाभ हुनेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुख प्राप्त हुने आजको राशिफल रहेको छ ।
सिंह राशिः आयमा वृद्धि हुनेछ । मित्र लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । व्यवसायमा सफलता प्राप्त हुने आजको राशिफल रहेको छ ।
कन्या राशिः बौद्धिक कार्यमा मन जानेछ । पारिवारिक सुख मिल्नुका साथै परोपकारी कार्यमा मन अभिप्रेरित रहनेछ । आर्थिक पक्ष पनि आज सबल रहनेछन् ।
तुला राशिः दिन संघर्षदायी रहनेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ ।
वृश्चिक राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । अध्ययन अध्यापना पनि आज सफलता मिल्नेछ ।
धनु राशिः मित्रलाभ हुनेछ । कार्य व्यवसायमा उन्नतिका साथै प्राकृतिक परिभ्रमणका योग पनि देखिन्छन् । मित्र जनको साथ सहयोगले दिन साथर्क बन्ने देखिन्छ ।
मकर राशिः धार्मिक कार्यमा मन जानेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । प्रेम जीवन पारखिले रहनेछ ।
कुम्भ राशिः खर्चमा वृद्धि हुनसक्नेछ । शत्रु भयका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । विद्याको भाव मध्भ्यम फलदायी रहनेछ ।
मीन राशिः पारिवारिक सुख मिल्नेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा अधिक लगाव रहनेछ । विद्याको क्षेत्र मध्यमफलदायी रहनेछ ।
नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
No comments:
Post a Comment