श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल श्रावण महिनाको २० गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अगष्ट महिनाका ४ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावणकृष्णपक्षाको एकाशी तिथि दिवा २।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । मृगशिरा नक्षत्र राति ४।३० बजेसम्म रहनेछन् । यसैगरी आज व्याघात योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।२५ मा छ भने सूर्यास्त बेलुका ६।४६ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहेका छन् ।
आज कामिका एकादशीव्रत हो । श्रावण महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई कामिका भनिन्छ । कामना अनुसार फल प्दान गर्ने कामिका एकादशीको महिमा रहेको पाइन्छ । एकदशी आफैमा पवित्र दिन हो । यसदिन व्रत धारण गर्नाले समस्त पाप नष्टभई पुण्यको अभिवृद्धि हुने गर्दछ ।
व्रत कथा
धर्मराज युधिष्ठिरको प्रश्नको उत्तर दिने क्रममा श्रीकृष्ण भगवान्ले नारदजी ब्रहमाजीको संवाद कामिकिा एकादशीको व्रतकथा अन्तर्गत उल्लेख गर्नुभएको छ ।
एक समय नारदजी ब्रह्माजीको दर्शन गर्न ब्रहमलोक जानुभएको थियो । भेटघाटका क्रममा नारदजीले श्रावणकृष्णपक्षको एकादशीको नाम के हो ? यसको व्रत धारण गर्नाले कस्तो फल प्राप्ति हुन्छ ? यसका साथै व्रतकथा के कस्तो रहेको छ भन्ने प्रश्न गरेपछि ब्रह्माजीले कामिका एकादशीको वर्णन गर्नुभएको हो ।
शृणु नारद ते वच्मि लोकानां हितकाम्यया ।
श्रावणैकादशी कृष्णा कामिकेति च नामतः ।।
अर्थात् श्रावण एकादशी नाम कामदाम हो । कामना अनुसार फलदिने लोकहितकारी कामदा एकादशी हुन् ।
तस्याः श्रवणमात्रेण वाजपेय फलं लभेत् । तस्यां तु पूजयेद्देवं शङ्खचक्रगदाधरम् ।।
यो एकादशीको नाम सुन्नाले मात्र वाजपेयी यज्ञको फल मिल्ने गर्दछ । यस दिन शंख, चक्र, गदाधारी विष्णु भगवानको पूजा गर्नुपर्दछ ।
श्रीधराख्यं हरिं विष्णुं माधवं मधुसूदनम् । यजते ध्यायते यो वै तस्य पुण्यफलं शृणु ।।
अर्थात् श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन भगवान्को उपासना गर्नाले अत्यन्त पुण्य फल पा्प्त हुने गदृछ ।
यस एकादशीमा विष्णु भगवान्को पूजा गर्नाले गंगा, काशी, नैमिषारण्य र पुष्कर स्नान बराबरमो फल मिल्दछ । यसैगरी सूर्य र चन्द्र ग्रहणमा कुरुक्षेत्र र काशीमा स्नान गर्दा जुन फल प्राप्त हुन्छ उक्त फल पनि कामिका एकादशीको व्रतधारणले प्राप्त हुन्छ । सिंह राशिमा बृहस्पति भएकावेला गोदावरी र गण्डकी नदीमा स्नान गरेबराबर को फल कामीका एकादशीमा लक्ष्मीनारायण भगवान्को उपासना गर्नाले प्राप्त हुने गर्दछ ।
कामिका एकादशीमा भगवान्को पूजा गर्नु भनेको स्र्वका सम्पूर्ण देवी देवता, सिद्ध गन्धर्व अदिको पनि उपासना गर्नु बराबर हो । यसैगरी दुधालु गाई दान गर्नाले पनि उत्तम फल प्राप्तिहुन्छ । पापरूपी हिलोमा फसेकाले पनि यस एकादशीमा विष्णु भगवान्को उपासना गर्नले पार तर्ने गर्दछन् ।
हे नारदजी स्वयं भगवानले यही भन्नुभएको छ कि कामिका एकादशीको व्रतले जीवलाई कुयोनिमा प्राप्त हुँदैन । जो मनुष्य यस एकादशीका दिन भक्तिपूर्वक तुलसी दल भगवान् विष्णुलाई अर्पण गर्दछन् तिनीहरू यस संसारका समस्त पापहरूबाट मुक्त हुन्छन् । विष्णु भगवान रत्न, मोती, मणि तथा आभूषण आदिले त्यती प्रसन्न हुनुहुननछ । जति तुलसी दलले प्रशन्न हुनुहुन्छ । तुलसी दल पूजनको फल चार भारी चाँदी र एक भारी स्वर्णको दानका बराबर हुन्छ ।
सुवर्णभारमेकं तु रजतं च चतुर्गुणम् । दत्त्वा यत् फलमाप्नोति तत् फलं तुलसीदले ।।२२।।
तुलसीको दर्शन मात्रले पनि सम्पूर्ण पाप नष्ट हुन्छन् । यसैगरी स्पर्श गर्नाले मुष्य पवित्र हुने गर्दछन् ।
तुलसीको दर्शन एवं स्पर्शनले रोग निवृत्तिको साथै उत्तम लोक पनि प्राप्त हुने गर्दछ न् । अतः तुलसीको निम्न मन्त्रले उपासना गनुृपर्दछ ः
या दृष्टा निखिलाऽघसंघशमनी स्पृष्टा वपुः–पावनी
रोगाणामभिवन्दिता निरशनी सिक्ताऽन्तकत्रनासिनी ।
प्रत्यासन्नविधायिनी भगवतः कृष्णस्य सारोपिता
न्यस्ता तच्चरणे विमुक्तिफलदा तस्र्यै तुलस्यै नमः ।।
एक कथा
प्राचीन कालमा कुनै गाउँमा एक ठाकुर रहन्थे । एक दिन ती ठाकुरको एक ब्राह्मणसँग झगडा भयो । झगडासँगै उक्त ठाकुरले ब्राह्मणको हत्या गर्यो । यसपछि उक्त ठाकुरलाई ब्रह्महत्याको पापले सताउन थाल्यो । ठाकुरले गाउँका ब्राह्मणहरूसँग ब्रह्महत्याको पापबाट छुटकाराको उपाय सोधे । सबैले कामिका एकादशीको व्रत धारण गर्न सल्लाह दिए । यसपछि ठाकुरले विधिपूर्वक श्रावण कृष्ण एकादशीको कामिका एकादशीको व्रत धारण गरे । रात्रिमा भगवानको प्रतिमा नजिकै शयन गरिरहेको थिए । सपनामा भगवानले दर्शन दिएर उसलाई ब्रह्महत्याका पापबाट मुक्त गरिनुभयो । यसपछि ठाकुले मुक्तिको मार्ग पनि प्राप्त गरे । कथा पनि पाइन्छ ।
व्रतफल
कामिका एकादशीको व्रत धारण गर्नाले कामना अनुसारका फल प्राप्त हुने गर्दछन् । यसैगरी समस्त तीर्थस्नान गर्न नसके पनि एकादशीको व्रत धारण गर्नाले सम्पूर्ण तीर्थ स्नान गनरेबराबरको फल प्रप्त हुने गर्दछ । जस्तासुकै पाप पनि नष्टगर्ने क्षमता कामिका एकादशीको रहेको छ । विधिपूर्वक व्रत धारण गर्नाले समस्त मनोकामना पूर्ण हुनुका साथै परलेकपछि उत्तम गति मिल्ने गर्दछ ।
श्रीकृष्ण भगवान्को प्रतिमाअघि दीप प्रज्वलन गर्नाले सम्पूर्ण पितृ तृप्त हुन्छन् ः
कृष्णाऽग्रे दीपिको यस्तु ज्वलेदेकादशीदिने ।
पितरस्तस्य तृप्यन्ति अमृतेन दिवि स्थिताः ।।२७।।
यसरी बालिएको बत्तीले पितृले अमृत पान गरेबराबरको फल प्राप्त गर्दछन् ।
कामिका एकादशीको तुलसीको सेवा, दर्शन, स्पर्शनका साथै भगवान्लाई अर्पण गर्नु उत्तम मानिएको छ । तुलसीको पूजा पनि यस एकादशीमा उत्तम फलदायी रहने गर्दछ ।
यसैगरु एिकादशीको माहात्म्य श्रवण गर्नाले पनि विष्णुलोक प्राप्त हुने गर्दछ ः
श्रुतं माहात्म्यमेतस्या नरैः श्रद्धासमन्वितैः । विष्णुलोकमवाप्नोति सर्वपापैः प्रमुच्यते ।।
अतः कामिका एकादशी सर्वहितकारी सम्पूर्ण पापनष्टगरी पुण्यप्रदान गर्ने उत्तम दिन हो ।
नारायणप्रसाद निरौला
No comments:
Post a Comment