आज पुत्रदा एकादशीव्रत, महिमासहित आजको दिन २०७८ भाद्र २ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Aug 17, 2021

आज पुत्रदा एकादशीव्रत, महिमासहित आजको दिन २०७८ भाद्र २ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल भाद्र महिनाको २ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अगष्ट महिनाका १८ तारिख, बुधवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा  छन् । वर्षा ऋतुअन्तर्गत श्रावण शुक्लपक्षको एकादशी तिथि राति ११।५६ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषीकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा र बृहस्पति कुम्भ राशिमा रहेका छन् । मूल नक्षत्र राति १२।३ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।२३ मा छ भने सूर्यास्त बेलुका ६।३३ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा रहेका छन् । 


आज पुत्रदा एकादशीव्रत परेको छ । श्रावण शुक्लपक्षको एकादशीलाई पुत्रदा भनिन्छ । यसैगरी पौष शुक्लपक्षको एकादशीमा पनि पुत्रदा एकादशी पर्ने गर्दछ ।  एकादशी भनेको चान्द्र महिनाको एघारौँ तिथि हो । नामअनुसार नै फल दिने भएकाले पुत्रदा एकादशीको महिमा विशेष रहेको छ । विशेषतः सन्तान सुख चाहने व्यक्तिको निम्ति यो एकादशीको व्रतधारण लाभदायी रहन्छ । 


अन्य एकादशीमा जस्तै व्रत विधान यो एकादशीको पनि रहेको छ । अघिल्लै दिनबाट शुद्ध आहार गर्नुपर्दछ । एकादशीको दिन स्नान सन्ध्याबन्धनादि गरेर विष्णुलक्ष्मी भगवान्को विशेष पूजा आरधाना गर्ने विधान गरिएको छ । यसैगरी भगवान्को लीला कथा गानका साथै एकादशी महात्म्य पनि श्रवण गर्नुपर्दछ । द्वादशीका दिन ब्राह्मण भोजन गराई आफूले पनि हविष्यान्न लिनु भन्ने व्रत विधि माहात्म्यमा वर्णन गरिएको छ  । 


नारायणप्रसाद निरौला, ज्योतिषाचार्य


No comments:

Post a Comment