१. पञ्चाङ्ग एउटा कुनै निश्चित स्थानलाई आधार मानेर गणना गरिएको हुन्छ । एउटा स्थानको आधारमा गणित गरेको पञ्चाङ्गबाट अर्को स्थानमा जन्म भएको व्यक्तिको जन्मपत्रि (चिना) लेखन गर्दा अनिवार्य रुपमा पञ्चाङ्गमा केही संस्कार गर्नु पर्ने हुन्छ । अनिमात्र जन्मपत्रि (चिना) शुद्धरुपमा लेखन गर्न सकिन्छ साथै शुद्ध ईष्टकालको पनि अति आवश्यक पर्ने हुँदा शुद्ध ईष्टकाल थाहा पाउन स्थानीय सूर्योदयको आवश्यक पर्दछ ।
२. देश विदेशमा जन्मेका शिशुको चिनालेख्न परम्परागत तरिकाले गणित गर्दा चिनामा लग्न, ग्रहस्पष्ट, तिथि र नक्षत्रआदि फरक पर्ने भएको हुँदा लग्नआदि शुद्ध गर्नु पर्ने भएकोले देशविदेशको स्थानीय सूर्योदय बनाउँदै ईष्टकाल शुद्ध गरेर मात्र पञ्चाङ्ग र ग्रहस्पष्ट आदि परिवर्तन गर्दै शुद्ध लग्न निकालेर चिना लेख्नको लागि निम्न अनुसारको प्रकृयाद्वारा गणना गर्नु पर्ने हुन्छ ।
३. हाम्रो देशमा लागु हुने प्रायः सवै पञ्चाङ्गहरू काठमाण्डौ बसन्तपुरको २७०ं४२” उत्तरी अक्षांश र ८५०१९” ग्रिनविचकाट पूर्वी देशान्तरको आधारमा गणना गरिएको हुन्छ । नेपालको मानक समय (हातेघडीको) ग्रिनविचबाट ८६०ं१५” पूर्वी अर्थात् ग्रीनविचबाट ५ घण्टा ४५ मिनेट अगाडि हुने गरी कायम गरिएको छ ।
४. ईष्टकाल शुद्धि गर्न निम्नकुराहरूको आवश्यकता पर्दछः–
(क) सम्वन्धित देशका स्थानको उत्तरी वा दक्षिणी अक्षांश (भौगोलिक नक्सादि)
(ख) त्यस दिनको सूर्यक्रान्त्यांशा उत्तरी वा दक्षिणी
(ग) त्यस दिनको बेलान्तर + वा — (उपयोग ः स्थानीय सूर्योदय बनाउँदा + भए जोड्ने र — भए घटाउने) ।
(घ) सम्वन्धित देशको पूर्वी वा पश्चिमी राष्ट्रिय देशान्तर (त्यस देशको हाते घडीअनुसारको)
(ङ) सम्वन्धित जन्मस्थानको पूर्वी वा पश्चिमी स्थानीय देशान्तर
(च) समयान्तर + वा —
समयान्तर बनाउने तरिका ः—
राष्ट्रिय देशान्तर र स्थानीय देशान्तरको अन्तर डिग्रिलाई ४ ले गुणन गरेपछि समयान्तरको मिनेट र सेकेन्ड हुन्छ । (मिनेटमा ६० भन्दा ज्यादा भए ६० ले भाग ल्याएर घण्टा, मिनेट बनाउनु पर्दछ ।)
समयान्तर + वा — जान्नको लागि राष्ट्रिय देशान्तर (हातेघडीको) भन्दा स्थानीय देशान्तर पूर्व भए समयान्तर प्लस (धनात्मक) हुन्छ । राष्ट्रिय देशान्तर (हातेघडीको) भन्दा स्थानीय देशान्तर पश्चिम भए समयान्तर माइनस (ऋणात्मक) हुन्छ । यसरी ल्याएको समयान्तरलाई स्थानीय सूर्योदय बनाउँदा धुपघडीको सूर्योदयमा विपरित संस्कार गर्ने अर्थात् माईनस भए जोड्ने प्लस भए घटाउने गर्नु पर्दछ ।
(छ) चरमिनेट
ब्। स्थानीय अक्षांशा र जन्मदिनको सूर्यक्रान्तिको आधारबाट चरसारिणिको अनुपातिक हिसावले चाहेका थाउको स्थानीय चरमिनेट निकाल्नु पर्दछ ।
द्य। अनुपातिक गर्ने तरिकाहरूः— एकैदिशाका अक्षांशा र क्रान्ति भएमा चरसारणि प्रथम पेजबाट र विपरित दिशाका अक्षांश र क्रान्ति भएमा चरसारणि द्वितीय पेजबाट अक्षांशबाट ठाडै तल र क्रान्तिबाट तेर्सोको मिलनविन्दु कोणको अंक चरमिनेटको प्रथम फल हुन्छ ।
ऋ। कोण मिलाएर रहेको अक्षांशाको फल पनि लिनुपर्ने हुँदा प्रथम फल आएको अंकदेखि पल्लो (तेर्सो) दायाँतर्फको अंकमा प्रथमफल घटाउनु र बचेको शेषलाई बाँकी अक्षांशले गुणेर २ ले भाग लिनु चरमिनेटको द्वितीय फल हुन्छ ।
म्। कोण मिलाएर रहेको क्रान्तिको फल पनि लिनुपर्ने हँुदा प्रथमफल आएको अंकदेखि तल्लो (ठाडो) आपूmतर्फको अंकमा प्रथमफल घटाउनु र बचेको शेषलाई बाँकी क्रान्तिले गुणेपछि तृतीय फलहुन्छ ।
भ्। प्रथम फलमा द्वितीय र तृतीयफल जोडेपछि चाहेका स्थानको चरमिनेट हुन्छ ।
(ज) मध्य सूर्योदयः— भू मध्यरेखा अर्थात् निरक्ष देशमा प्रायः सधैँ ६ बजे सूर्योदय हुन्छ त्यसैले बिहानको ६ बजेलाई मध्य सूर्योदय भनिन्छ, त्यस्तै बेलुकाको ६ बजेलाई मध्य सूर्यास्त भन्नु पर्दछ , ।
(झ) धुपघडीको सूर्योदयः— अक्षांश र क्रान्ति एकै दिशाका भएमा मध्य सूर्योदय ६।०।०।० बजेमा (स्थानीय) चरमिनेट घटाउनु धुपघडीको सूर्योदय हुन्छ । यदि अक्षांश र क्रान्ति विपरित दिशाका भए अर्थात् एउटा उत्तर अर्को दक्षिण दिशाका भए मध्य सूर्योदय ६।०।०।० बजेमा चरमिनेट जोड्ने धुपघडीको सूर्योदय हुन्छ ।
(ञ) बेलान्तर संस्कारित धुपघडीको सूर्योदयः— धुपघडीको सूर्योदयमा बेलान्तर जस्ताको तस्तै संस्कार गर्ने (अर्थात् बेलान्तर प्लस भए जोड्ने माईनस भए घटाउने) यसरी बेलान्तर जोड्ने वा घटाउने गरेपछि बेलान्तर संस्कारित धुपघडीको सूर्योदय हुन्छ ।
(ट) स्थानीय सूर्योदय बनाउनेः— बेलान्तर संस्कारित धुपघडीको सूर्योदयमा समयान्तर विपरित संस्कार गर्ने (अर्थात् समयान्तर प्लस भए घटाउने माईनस भए जोड्ने) यसरी बेलान्तर जोड्ने वा घटाउने गरेपछि स्थानीय सूर्योदय हुन्छ ।
(ठ) चर पलादी, चरघट्यादी, द्विगुणे चरघट्यादीः— चरमिनेटलाई २.५ (अढाई) ले गुणन गर्दा चरपलादी हुन्छ, चरपलादीलाई ६० ले भाग गर्दा चरघट्यादी हुन्छ, चरघट्यादीलाई २ ले गुणन गर्दा, द्विगुणे चरघट्यादी हुन्छ ।
(ड) दिनमान, दिनाद्र्ध, रात्रीमान, रा†याद्र्ध, मिश्रमान र अहो रात्रमानः— भूमध्यरेखामा प्रायः सधैँ ३० घडीका दिन हुन्छन् त्यसैले ३०।० लाई मध्यमान भनिन्छ । दिनको मध्येमान ३०।० मा अक्षांश र क्रान्ति एकैदिशाका भएमा द्विगुणे चरघट्यादी जोडिदिनु दिनमान हुन्छ । यदि अक्षांश र क्रान्ति विपरित दिशाका भए अर्थात् एउटा उत्तर अर्को दक्षिण दिशाका भए दिनको मध्येमान ३०।० मा द्विगुणे चरघट्यादी घटाई दिनु दिनमान हुन्छ । दिनमानलाई २ ले भाग गर्नु दिनाद्र्ध हुन्छ । ६०।० मा दिनमान घटाउनु रात्रीमान हुन्छ । रात्रीमानलाई २ले भाग गर्नु रा†याद्र्ध हुन्छ । रा†याद्र्धमा दिनमान जोड्नु मिश्रमान हुन्छ । दिनमान र रात्रीमान जोड्नु अहोरात्र मान हुन्छ ।
(ढ) वार प्रवृत्ति (वार लाग्ने समय)ः— मिश्रमानमा १५।० जोड्नु वारप्रवृत्ति समय अर्थात् वार लाग्ने घडी पला हुन्छ ।
(ण) सूर्यास्त बजेः— दिनमानलाई २.५ (अढाई) ले भाग गरी स्थानीय सूर्योदयमा जोड्नु स्थानीय सूर्यास्त बजे हुन्छ ।
(त) सूर्योदयात् इष्टघण्टाः– सूर्योदय भएपछि कति घण्टामा बच्चाको जन्म भयो त्यो थाहा पाउनु पर्ने हुन्छ । यसलाई जान्न दिनको १२।५९ बजेभित्र जन्मेको बच्चालाई जन्म बजेमा स्थानीय सूर्योदय घटाउने सूर्योदयात् ईष्ट घण्टा हुन्छ । यदि दिनको १२।५९ बजे पछि रात्री १२।५९ भित्र जन्मेको रहेछ भने जन्मेको बजेमा १२।० जोडेर स्थानीय सूर्योदय घटाउने सूर्योदयात् ईष्ट घण्टा हुन्छ । यदि रात्रीको १२।५९ बजेपछि भोलिपल्टको स्थानीय सूर्योदय समय भित्र जन्मेको रहेछ भने जन्मेका बजेमा २४।० जोडेर स्थानीय सूर्योदय घटाउने सूर्योदयात् ईष्ट घण्टा हुन्छ ।
(थ) ईष्टकाल अथवा सूर्योदयात् ईष्टघटी वा सूर्योदयादिः— सूर्योदयात् ईष्ट घण्टा लाई २.५ (अढाई) ले गुणन गर्नु ईष्टकाल हुन्छ । अथवा उक्त सूर्योदयात् ईष्टघण्टालाई १० ले गुणेर ४ ले भाग गर्दा पनि ईष्टकाल हुन्छ । अथवा उक्त ईष्टघण्टालाई जत्तिको त्यत्ति त्यत्तिको आधा गर्दा पनि ईष्टकाल हुन्छ । ईष्टकाललाई नै सूर्योदयात् ईष्टघटि वा सूर्योदयादि भन्दछन् ।
(द) दिन वा रात्रि गतघटिकाः— दिनको जन्म रहेछ भने ईष्टकाल जत्ति छ त्यत्ति नै दिनगतघटिका हुन्छ । रात्रीको जन्म रहेछ भने ईष्टकालमा दिनमान घटाउनु रात्रीगत घटिका हुन्छ ।
(ध) दक्षिण एशियालाई मात्र मिल्ने सजिलोगरी चरमिनेट निकाल्ने सूत्रः— (साईन्स्टिफिक क्याल्कुलेटरबाट मात्र) सर्व प्रथम कजषत (सिफ्ट) थिच्ने र कष्ल थिच्ने अनि (तबल अक्षांश × तबल सूर्यक्रान्ति) × ४ = कजषत अनि मmक गरेपछि चरमिनेट भयो । यसरी ल्याएको चरमिनेटमा किरणवक्रि भवन संस्कार भएको छैन तसर्थ यो सूत्रबाट ल्याएको चरमा २ मिनट २० सेकेण्डदेखि २ मि. ३० से. सम्म फरक पर्दछ । यसरी ल्याएको चरमिनेटको सूर्योदयमा उक्त फरक अंक घटाउनु पर्दछ साथै चरमा पनि उक्त अंक संस्कार गनु पर्दछ । यसरी ल्याएको चर त्यति भर पर्दो हुन्न त्यसैले चरसारिणीबाटै गर्नु राम्रो हुन्छ ।
(५) पञ्चाङ्ग, ग्रहस्पष्ट, द्विपुष्कर, त्रिपुष्कर, चन्द्रराशि, ग्रहसंचार, भद्रा आदि परिवर्तन ः—
पञ्चाङ्गादि परिवर्तन गर्दा निम्न कुराको आवश्यक पर्दछ ः–
(क) जुन चिजलाई परिवर्तन गर्नुछ त्यसको बजे नभएर घडी मात्र छ भने सर्वप्रथम त्यो घडीलाई २.५ ले भाग ल्याई पात्रमा भएको सूर्योदय जोडिदिने । त्यसको (त्यो तिथि आदिको) समय बजेमा हुन्छ । आज भोलिका पात्रामा तिथि, नक्षत्रहरुलाई बजेमा पनि दिएको हुन्छ । ग्रह स्पष्ट भने घडीमा मात्र हुन्छ घडीमामात्र हुनेलाईमात्र यो (क) को नियम लागु गर्नु पर्दछ बजेमा भएका लाई (ख) (ग) आदिवाट परिवर्तनको काम गर्ने ।
(ख) नेपालमै जन्मेकाको पञ्चाङ्ग आदि परिवर्तन गर्ने तरिका ः—
ब। काठमाण्डौमा जन्मेको (अथवा पात्रोको स्थानमा जन्मेको) लाई कुनै परिवर्तन गर्न, चरमिनेट ल्याउन, स्थानीय सूर्योदय निकाल्न पर्दैन । पात्रोमा भएको सूर्योदय नै स्थानीय सूर्योदय हो । परंपरागत तरिकाले चिना लेख्न मिल्दछ ।
द। काठमाण्डौदेखि अन्य जिल्ला वा पात्रोको जिल्लादेखि अन्य जिल्लामा जन्मेकालाई पञ्चाङ्ग आदि परिवर्तन गर्नुपर्दछ ।
अ। तिथि नक्षत्र पञ्चाङ्ग र ग्रहस्पष्ट आदिका जे परिवर्तन नगर्नु छ त्यसको बजेमा जन्मेका जिल्लाको स्थानीय सूर्योदय घटाएर २.५ ले गुणन गर्दा जे परिवर्तन गर्न खोजेको हो त्यसको परिवर्तन भएका घडी हुन्छन् । बजे भने पञ्चाङ्गका स्थानको बजे र जन्मेका स्थानको बजे एउटै देशभित्रलाई उही हुन्छ ।
(ग) विदेशमा जन्म भएकाको पञ्चाङ्ग आदि परिवर्तन गर्ने तरिका ः
ब। पञ्चाङ्ग गणना भएका देशको राष्ट्रिय देशान्तरदेखि जन्मेका देशको राष्ट्रिय देशान्तरको फरक देशान्तर डिग्रीलाई ४ ले गुणन गरेर ६० ले भाग लगाउने जन्म देश र पञ्चाङ्गको देश बीचको फरक समयान्तर घण्टा, मिनट हुन्छ ।
द। पञ्चाङ्ग देशभन्दा पूर्वका देशमा जन्मेकालाई जन्म समयका पञ्चाङ्गादि परिवर्तन गर्नु पर्दा जे परिवर्तन गर्नु छ त्यसका बजेमा फरक समयान्तर जोडेपछि जन्म देशको समयानुसारको बजेमा जे परिवर्तन गर्न लागिएको हो त्यसको परिवर्तन भयो । त्यसमा स्थानीय सूर्योदय घटाएर २.५ ले गुणन गर्दा परिवर्तन भएका घडी, पला हुन्छन् । यदि पञ्चाङ्गको देशभन्दा पश्चिमका देशमा जन्म भएमा पञ्चाङ्ग आदि परिवर्तन गर्नु पर्दा जे परिवर्तन गर्नु छ त्यसका बजेमा फरक समयान्तर घटाए पछि जन्म देशको समयानुसारको बजेमा जे परिवर्तन गर्न लागिएको हो त्यसको परिवर्तन भयो, त्यसमा स्थानीय सूर्योदय घटाएर २.५ ले गुणन गर्दा परिवर्तन भएमा घडी पला हुन्छन् ।
(घ) ग्रहस्पष्ट बनाउने तरिका (विदेशको जन्म हुँदा) ः–
जन्मदिन नजिकको ग्रहस्पष्टलाई परिवर्तन गरिसकेपछि परिवर्तन भई सकेपछिको ग्रहस्पष्टको समयलाई आधार मानेर परम्परागत तरिकाले नै धन वा ऋण चालन बनाएर पात्रोमै भएका ग्रहका गतिले गुणेर ६० ले भाग ल्याइ आएको अंशादिमा धन चालकमा मार्गीग्रह भए जोड्ने, बक्रीग्रह भए घटाउने । ऋण चालकमा मार्गीग्रह हुँदा घटाउने, बक्रीग्रह हुँदा जोड्ने । सूर्यादि ग्रहलाई यस्तै रितले गर्दा ग्रहस्पष्ट हुन्छ । अर्थात् विदेशमा जन्मेकाको चिना लेख्दा ग्रहस्पष्ट गुन्नु पर्दा परिवर्तन भएको ग्रहस्पष्टको बारादि समयलाई लिएर चालक बनाए पछि अरु सबै प्रकृया परम्परा जस्तै हो । जस्तै गति पनि पात्राकै लिने ग्रहका राश्यादि पनि पात्रामै भएकाबाट धन, ऋण गर्ने हो ।
(ङ) भयात भभोग (विदेशको जन्म हुँदा)ः– गत नक्षत्र र जन्म नक्षत्रको घडीलाई परिवर्तन गर्ने र परम्पराजस्तै गत नक्षत्रको परिवर्तन घडीलाई ६०।० मा घटाएर इष्टकाल जोड्नु भयात हुन्छ । यदि गत नक्षत्रको परिवर्तित घडीले जन्मदिनलाई छोएको रहेछ भने इष्ट कालमा त्यो गत नक्षत्रको परिवर्तित घडी घटाई दिनु भयात हुन्छ । परिवर्तित गत नक्षत्रको घडीलाई ६०।० मा घटाएर जन्म नक्षतको परिवर्तित घडी जोडी दिनु भभोग हुन्छ ।
(च) चन्द्रस्पष्ट ः–
ब। भयातलाई २ पटक ६० ले गुन्नु भयात विपला हुन्छ । भभोगलाई १ पटक ६० ले गुन्नु भभोग पला हुन्छ । भयात विपलामा भभोग पलाले भाग लगाउनु घडी, पला बनाउनु र एक ठाउँमा राख्नु गत नक्षत्र संख्यालाई ६० ले गुणेर एक ठाउँमा राखेको अंक जोड्नु २ ले गुणन गर्नु ९ ले भाग गर्नु चन्द्रस्पष्टका अंशा आउँछन् । शेषलाई ६० ले गुणन गर्दै ९ ले भाग गर्दै गर्दा कला विकताहरू हुन्छन् । चन्द्रमाको आयका अंशादिबाट ३० ले भाग गरेर राशिमा लानु पर्छ । ३० ले भाग गर्दा रहेको शेष अंशा हुन्छ । यसरी चन्द्रस्पष्ट पूर्ण हुन्छ ।
द। चन्द्रस्पष्ट गुणन गर्ने अर्को सजिलो सूत्र (साइन्स्टिफिक क्लालकुलेटरले मात्रै)ः– भयात भभोग . + गत नक्षत्र संख्या . ह १३।२० . क्जषत, म्ःक् । देखिएका चन्द्रस्पष्टका अंशादि भए (क्यालकुलेटर यसरी हान्नु पर्दछ ः
भयात घडी म् पला म् ÷ भभोग घडी म् पला म् . ं गत नक्षत्र संख्या . ह १३ म् २० म् . क्जषत, म्ःक् आएका चन्द्रमाका स्पष्टका अंशादि हुन् । अंशाबाट ३० ले भाग ल्याइ राशिमा लाने शेष अंशादिमै राख्ने चन्द्र स्पष्ट भयो ।
(छ) चन्द्रमाको गति ः– ४८,००० मा भभोगले भाग लगाउनु चन्द्रमाको गति हुन्छ ।
(६) लग्न स्पष्टः– लग्न स्पष्ट ल्याउन निम्नानुसारका पलभा आदि सामग्री आवश्यक पर्दछ । मलभा, चरखण्ड, लंकोदयमान, उदयमान, अयनांश, सूर्यस्पष्ट, स्वदेसोदय समयमान बनाउने र अयनांशकमा सूर्यस्पष्ट जोडेर सायन सूर्यद्वारा लग्न स्पष्ट गर्दा शुद्ध लग्न हुन्छ ।
(क) पलभाः– पहिला परम्परागतमा सायन सूर्य मेषमा जाने दिनको १२ बजेको समयमा १२ अंगुलको छायाँ स्थानीय पलभा मानिन्थ्यो तर आधुनिक युगमा अक्षांश थाहा भयो भने आधा मिनेटमा नै संसारका जुन देशको पनि पलभा बनाउन सकिन्छ ।
पलभाको सूत्र (साइन्स्टिफिक क्लालकुलेटर बाट) ः–
त्ब्ल् अक्षांश ह १२ . क्जषत म्ःक् गर्दा पलभा देखिन्छ । जस्तै काठमाण्डौको त्ब्ल् २७ म् ४२ म् ह १२ . क्जषत म् गर्दा काठमाण्डौको पलभा ६।१८।१ भयो ।
(ख) चरखण्डा बनाउने सूत्र (मेषादिगे सायन भाग सूर्य.........)
पलभा ह १० . प्रथम चरखण्डा ।
पलभा ह ८ . द्वितीय चरखण्डा ।
पलभा ह १०३ . त्रितीय चरखण्डा ।
जस्तै काठमाण्डौको चरखण्ड गणना क्रम ।
पलभा ६।१८ ह १० . प्रथम चरखण्डा ६३।
पलभा ६ ।१८ ह ८ . द्वितीय चरखण्डा ५०।
प्लभा ६।१८ ह १०३ . त्रितीय चरखण्डा २१।
(ग) लंकोदयमान २७८, २९९, ३२३
ब। लंकोदयमान भनेको निरक्ष देश अर्थात् भूमध्य रेखाको स्थानीय उदयमान हो ।
द। लंकोदयमानलाई क्रम उत्क्रम गर्दै जाँदा मेषदेखि मीनसम्मका लंकोदयमान हुन्छन् ।
(घ) स्थानीय सायन स्वदेशोदय मान ः
ब। प्रत्येक राशिका लंकोदयमानमा उत्तरी अक्षांशको देशहरूलाई चरखण्डा क्रम उत्क्रमका हिसाबले चरखण्ड माइनस प्लस गर्दै जाँदा स्थानीय सायन स्वदेशोदय मान हुन्छ ।
द। (ग) को द र (घ) को ब मा भने अनुसार गर्दा हुने तालिका निम्नानुसार छ ः
ब। अब दक्षिणी अक्षांश हुने देशको लागि ः
दक्षिणी अक्षांशको लागि स्थानीय स्वदेशोदय स्थानीय सायनमान ल्याउनको लागि विपरित गर्ने ।
चरखण्डा प्लस गर्नेमा माइनस गर्ने । चरखण्ड माइनस गर्नेमा प्लस गर्ने । जस्तैः
(ङ) अयनांशकः–
ब। अयनांशक गणना गर्ने प्रमाण धेरै प्रकारका पाइन्छन् तर एकरुपता भने छैन तसर्थ सम्बन्धित सालको पात्रामा दिएको अयनांशक प्रयोग गरेर लग्न गन्न सकिन्छ ।
द। अयनांशको वार्षिक गति ० अशा ० कला ५८.५ विकला हुन्छ भन्ने पनि पाइन्छ । कतै–कतै ५४ विकला हुन्छ भन्ने पनि पाइन्छ । तर अयनांशकको मध्यम गति भने १ कला अर्थात् ६० विकला मान्नु पर्ने देखिन्छ ।
अ। २०६५ साल बैशाख १ गतेको अयनांशक २४।१६।४१ छ । २०६७ सालको अयनांशक २४।१९।३७ छ ।
(च) लग्न साधन गर्ने विधिः– (भोग्यांशाबाट)
ब। लग्न साधना गर्दा त्यस दिनको (सूर्योदयकालिन) स्पष्ट सूर्यमा अयनांशक जोड्ने सायन सूर्य हुन्छ । सायन सूर्यको भुक्तांश ३० बाट घटाउने रायन सूर्यको भोग्यांशा हुन्छ ।
सायन सूर्यको भोग्यांशालाई, सायन सूर्य जुन राशिमा छ त्यस राशिको स्वदेशोदयमान (स्वदेशोदय स्थानीय सायनमान) ले गुणन गर्ने र ३० ले भाग गर्ने भोग्य पलादि हुन्छ । (त्यसलाई एक ठाउँमा राख्ने)
द। इष्टघटिलाई ६० ले गुणेपछि इष्टपला हुन्छ । इष्टपलामा भोग्य पलादि घटाउने भोग्यपलादि घटेर बचेको शेषमा सायन सूर्य रहेको राशिबाट अगाडिका राशिहरु (जति घट्छन्) घटाउने अन्तिम घटेको राशि शुद्ध राशि हुन्छ ।
शुद्ध राशि घटेर बचेको इष्टपलालाई ३० ले गुणेर अशुद्ध राशिको (नघटेको राशिलाई अशुद्ध मान्नु) उदयमानले भाग गर्ने भागफल अंशादि हुन्छ (अंशादि बनाउँदा ः ३० ले गुणेर अशुद्धले भाग गर्दा अंशा हुन्छ । शेषलाई ६० ले गणन गर्दै अशुद्धले भाग गर्दै जाँदा कला–विकला हुन्छन्) । उक्त अंशादिलाई क्रमशः राशि अंशा कला विकलाको स्थानमा राख्ने सायन प्रथम लग्न हुन्छ । सायन प्रथम लग्नमा अयनांशक घटाउने निरयण प्रथम लग्न हुन्छ ।
अ। विशेष परिस्थितिमा इष्टपला भन्दा भोग्यपलादि बढी भएमा इष्टपलालाई ३० ले गुणेर सायन सूर्य रहेको राशिको उदयमानले भाग गर्ने फल अंशादि प्राप्त हुन्छ ।
उक्त अंशादि सायन सूर्यको अंशादिमा लगेर जोड्ने सायन प्रथम लग्न हुन्छ ।
सायन प्रथम लग्नबाट अयनांशक (अंशादिमा) घटाउने निरयण प्रथम लग्न हुन्छ ।
७. दशम लग्न बनाउनेः–
(क) स्थानीय दिनमानलाई २ ले भाग गरेर दिनाद्र्ध बनाउने र इष्टघडी पलादिबाट घटाउने दशद्धा इष्ट हुन्छ, यदि इष्टघटि पलादिबाट दिनाद्र्ध घटेन भने इष्टमा ६० जोडेर घटाउने दशम इष्टघडी आदि हुन्छ ।
(ख) अब सायन सूर्यको भुक्तांशलाई ३० बाट घटाउने र भोग्यांशा बनाउने र सायन सूर्य रहेका राशिको लंकोदयमानले गुणेर ३० ले भाग गर्ने भोग्य पलादि हुन्छ ।
(ग) दशम इष्टलाई ६० ले गुणेर पलादि बनाउने, उक्त पलादिबाट भोग्य पलादि घटाउने । भोग्य पलादि घटेर बचेको दशम इष्ट पलादिमा सायन सूर्य रहेको राशिका लंकोदेशमानहरू घटेसम्म घाउने । अन्तिममा घटेको शुद्ध राशि हुन्छ । शेषमा ३० ले गुणेर नघटेको अशुद्ध राशिको लंकोदयमानले भाग गर्ने भागफल अंशादि प्राप्त हुन्छ । उक्त अंशादिलाई अंशा कला विकला गरेर आ–आफ्नो स्थानमा राख्ने । राशिका स्थानमा शुद्ध राशिको संख्या राख्ने सायन दशम् लग्न हुन्छ । सायन दशम लग्नबाट अयनांशा घटाउने निरयण दशम् लग्न हुन्छ ।
तिथ्यादिका गुण
तिथिरेकगुणोपेता नक्षञ्च चतुर्गुणम् ।। वारश्चाष्टगुणःप्रोक्तःकरणं षोडशान्वितम् ।।
स्याद्द्वात्रिंशद् गुणोयोगस्ताराषष्टि गुणन्वित ।। चन्द्रोदशगुणं लग्नं सहश्रगुणमुच्यते ।।
विवाह, व्रतबन्धमा सूर्य–चन्द्र–गुरु–जुराउँदाः
व्रतबन्ध र विवाहमा सूर्य–चन्द्र–गुरु जुराउँदा कर्म गरिने कुमार, वर, कन्याको राशिबाट गणना गर्नु पर्दछ । कन्यालाई बृहस्पति तथा कुमारलाई व्रतबन्धमा बृहस्पति र सूर्य जुराउनु पर्दछ । विवाहमा वरलाई बृहस्पति जुराउनु पर्दैन, सूर्य जुरे पुग्छ । चन्द्रमा सबैमा जुराउनु पर्दछ । ४÷१२ परेमा आवश्यक पर्दा विशेष पूजा एवम् गौ सुवर्णादि दान गरेर गर्नु बाधा पर्दैन । तर ८ स्थानमा परेमा भने त्याग्नै पर्दछ ।
No comments:
Post a Comment