डा नारायणप्रसाद निराैला
माङ्गलिक दोष सम्बन्धी चर्चा बृहद् पाराशर होराशास्त्रको स्त्रीजातकफलाध्यायको श्लोक ४७ मा बताइएको छ ।
लग्ने व्यये सुखे वाऽपि सप्तमे वाऽष्टमे कुजे ।
शुभदृग्योगहीने च पतिं हन्ति न संशयः ।।४७।। (बृहद्पाराशरहोराशास्त्र, स्त्रीजातकाध्याय, श्लो.४७)
अर्थात् जन्मकुण्डलीको लग्न, द्वादश, चतुर्थ, सप्तम र अष्टम स्थानमा मंगल रहे र उक्त स्थानमा शुभ ग्रहको दृष्टि पनि छैन भने उक्त स्त्री पतिलाई हानि गर्ने हुन्छन् ।
यस्मिन् योगे समुत्पन्ना पतिं हन्ति कुमारिका ।
तस्मिन् योगे समुत्पन्नो पत्नीं हन्ति नरोऽपि च ।।४८।।
स्त्रीहन्ता परिणीता चेत् पतिहन्त्री कुमारिका ।
तदा वैधव्ययोगस्य भङ्गो भवति निश्चयात् ।।४९।। (बृहद्पाराशरहोराशास्त्र, स्त्रीजातकाध्याय, श्लो.४८–४९)
जुन योगमा उत्पन्न कन्याले पतिलाई हानि गर्दछिन् उक्त योगमा उत्पन्न पुरुषले पनि पत्नीलाई हानि गर्ने हुन्छ । पति पत्नी दुवैको कुण्डललीमा माङ्गलिक छ भने वैधव्य योग भङ्ग हुन्छ ।
ज्योतिषसार शिरोमणिमा सोही कुरालाई यसरी बताइएको छ ः
लग्ने व्यये च पाताले जामित्रे चाऽष्टमे कुजे ।
पत्नी हन्ति स्वभर्तारं भर्ता भार्यां न संशयः ।। (ज्योतिषसार शिरोमणि वा मुहूत्र्तसंग्रह )
अर्थात् जन्मकुण्डलीको लग्न, द्वादश, चतुर्थ, सप्तम र अष्टम स्थानमा मंगल रहे पत्नीको जन्मकुण्डलीमा भए पतिलाई र पतिको कुण्डलीमा भए पत्नीलाई हानि गर्ने हुन्छ ।
माङ्गलिक दोष परिहार
ज्योतिषसार शिरोमणि र मुहूत्र्तदीपकमा परिहार पनि पाइन्छ ः
जामित्रे च यदा सौरिर्लग्ने वा हिवुकेऽथवा ।
नवमे द्वादशे चैव भौमदोषो न विद्यते ।। (ज्योतिषसार शिरोमणि)
न मङ्गली चन्द्रभृगु द्वितीये न मङ्गली पश्यति यस्य जीवः ।
न मङ्गली केन्द्रगते च राहु न मङ्गली मङ्गलराहु योगे ।। (मुहूत्र्तदीपक)
- १।४।७।९।१२ भावमा शनि भए भौमदोष (मांगलिक दोष) लाग्दैन ।
- द्वितीय भावमा चन्द्रमा र शुक्र भए पनि भौमदोष (मांगलिक दोष) हुँदैन ।
- मंगली भएको मंगललाई बृहस्पतिले देखेको छ भने पनि भौमदोष (मांगलिक दोष) लाग्दैन ।
- केद्रमा राहु भए पनि मांगलिक दोष भङ्ग हुन्छ ।
- मंगल र राहुको योग छ भने पनि मांगलिक दोष हुँदैन ।
No comments:
Post a Comment