नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
धर्म संस्कृति मानवीय जीवन यापनका मूल आधार हुन् । धर्मले आत्मिक शान्ति मिल्छ भने संस्कृतिले समाजको सुन्दरता बढाइरहेको हुन्छ । जुन हाम्रा लागि सदा सर्वदा चाहिन्छ पनि । शान्ति सबैलाई चाहिन्छ । किनकि मनमा शान्ति भएन भने संसार नै अशान्त देखिन्छ । अनेकौँ अशान्तिका अगुल्टाले डामि नै रहन्छ । अझ भनौ शान्तिविना मानव जीवन कष्टकर निश्तिच छ । आत्मिक एवं मानसिक शान्तिका निम्ति धर्म र संस्कृति आधार बनेर रहेका हुन्छन् । आत्मिक शान्तिका निम्ति अध्यात्मको ओखती नै उत्तम विकल्प हुनसक्छ । यस्तै धार्मिक सँस्कृतिक महत्व बोकेको विशेष दिन भाद्र कृष्ण अमावास्या अर्थात् कुशे औँशी हो । जुन दिन पवित्र कुशलाई घर घरमा भित्रर्याउने शास्त्रीय विधान रहिआएको छ । औँशी तिथि पितृका लागि विशेष हुने भएकाले पनि यस दिन पितृको स्मरण गर्ने गरिन्छ । जसलाई बुबाको मुख हेर्ने दिनका रूपमा पनि उपयोग गरिन्छ ।
कुश देव र पितृकार्यको निम्ति प्रयोग हुने पवित्र वस्तु हो । जसको प्रंयोगले सम्पूर्ण कुरा पवित्र हुन्छन् भन्ने वैज्ञानिक मत रहेको पाइन्छ । कुशे औँशीका दिन प्रातः पवित्र गंगामा स्नान गरी कुश भएको स्थलतर्फ प्रस्थान गर्नु पर्दछ । कुश पवित्र स्थानमा उम्रिएको छ छैन विशेष अवलोकन निरीक्षण पनि गर्नुपर्ने हुन्छ । विशेष गरी तिल उम्रिएका ठाउमा रहेको कुश उत्तम मानिन्छ । यसरी उपयुक्त कुशकको स्थानमा गएर पूर्वोत्तर तर्फ फर्की विशेष मन्त्र उच्चारण पूर्वक कुश उखेली घरमा भिœयाउने धार्मिक विधि रहेको पाइन्छ ।
पूर्वं मन्त्रं समुच्चार्य ततः पूर्वोत्तरा मुखः ।
हुँफट्कारेण मन्त्रेण सकृच्छित्वा समुद्धरेत् ।।
अर्थात् मन्त्रेच्चारण पूर्वक पूर्वोत्तर दिशातर्फ अर्थात् ईशान कोणतर्फ फर्की हुँ फट्को उच्चारण पूर्वक कुश उखेल्नु पर्दछ । जरा सहित कुश उखेल्ने शास्त्रीय विधान रहेको छ । किनकि कुशको मूलमा ब्रह्माजीको, मध्यभागमका विष्णु भगवान्को र अन्त्यभागमा शिवजीको निवास हुने गर्दछ । त्यसैले कुश उखेल्नु पूर्व निम्न मन्त्र उच्चारण गर्नु पर्दछ ः
विरञ्चिना सहोत्पन्नः परमेष्ठी निसर्गतः ।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।।
यसरी प्रार्थना गरिसकेपछि हुँ फट् भन्दै कुशलाई उखेल्नु पर्दछ । यसरी उखेलेको कुश घरमा ल्याई पवित्र स्थानमा राख्नु पर्ने विधान छ । यसछि सोही नयाँ कुश प्रयोग हुने गर्दछ । यसरी राखिएको कुश वर्षदिन सम्म देव र पितृक कार्यका निम्त प्रयोग गर्न योग्य मानिन्छ ।
कुशमा साक्षात् ईश्वरको वास रहेको हुन्छ । संसारका सृष्टिस्थिति र लय कर्ता ब्रह्मा विष्णु र महेशको निवास कुशमा हुने गर्दछ । कुशको मूलमा ब्रह्मा, मध्य भागमा विष्णु र अन्त्य भागमा शिवजीको निवास हुँने गर्दछ । कुश उखेल्नु पूर्व पृथ्वी माताको प्रार्थना गर्नु पर्दछ । तत्पश्चात् मात्र कुश उखेल्नु पर्दछ ।
कुशाग्रे वसतो रुद्रः कुशमध्ये तु केशवः ।
कुशमूले वसेद् ब्रह्मा कुशान् मे देहि मेदिनि ।।
अर्थात् पृथ्वी मातासँग कुश माग्नु पर्दछ । अग्र भागमा शिव, मध्य भागमा विष्णु र मूलभागमा निवास गर्नेवाला कुश मलाई प्रदान गर्नुहोस् भन्दै पृथ्वी मातासँग प्रार्थना गरेपछि मात्र कुश उखेल्नु पर्ने शास्त्रीय विधान रहेको छ ।
कुश देवकार्य र पितृ कार्यका निम्ति आवश्यक पर्दछ । जसको धारण र प्रयोगले हरेक कार्यमा पवित्र बनाउनो गर्दछ । देवकार्यमा कुशका पवित्र, उपयवन, ब्रह्मा, कंकण, दण्ड आदि बनाएर धारण गरिन्छ भने पितृकार्यमा ब्रह्मा, मोटक, पवित्र आदि बनाउने गरिन्छ । कुश नभएको स्थानमा दुवोको प्रयोग पनि गरिन्छ । जुन कुशको विकल्प हो । नफुलेको कुशलाई संस्कृतमा दर्भ भनिन्छ । जसका सात भेद रहेको कुरा धर्मसन्धुमा उल्लेख पाइन्छः
कुशाः काशा यवा दूर्वा उशीराश्च सकुन्दकाः ।
गोधूमा व्रीहयो मुञ्जा दश दर्भाः सबल्वजाः ।।
अर्थात् कुश, काँस, जौ, दुवो, उशिर, गहुँ, धान, मुज र बावियो दर्भका दश भेद रहेका छन् । सात पात एकै नालमा भएको दर्भ वा तिलको खेतमा उम्रेको कुशलाई शुभ मानिन्छ । यसरी प्राप्त कुश धार्मिक कार्यका निम्ति पवित्र मानिन्छ । कर्मकाण्डका हरेक अध्यायमा कुशको विशेष महŒव रहेको छ । विशेषतः देव र पितृ कार्यका आशन, अर्घ लगायत अन्य कार्यका निम्ति पनि कुशको आवश्यकता हुने गर्दछ ।
कुशे र्आैँशीमा पिताको मुख हेर्ने पनि चलन रहेको छ । विशेष गरी यस दिन पितृलाई स्मरण गरिन्छ । विशेषतः स्वर्गीय पितृको स्मरण गरी तर्पण पिण्डादि दान गर्ने यस शुभ दिनलाई पछि पिताको मुख हेर्ने दिनको रूपमा पनि मनाउन थालिएको हो । वास्तवमा यो दिन स्वर्गे भएका पितृलाई विशेष स्मरण गर्ने धार्मिक विधान रहेको छ । पिताको स्मरण यही दिन गर्नुका पछाडि पनि विशेष कारण रहेको छ । पितृको निवास चन्द्रमाको माथिल्लो भागमा हुन्छ । अझ भनौ हाम्रो एक महिना बराबर पितृको एक दिनरात हुन्छ । हाम्रो कृष्ण पाक्षमा पितृको दिन हुने भएकाले पितृको निवास स्थानमा पितृ जागा रहने हुँदा विशेष स्मरण गर्नु उपयुक्त हुने शास्त्रीय मान्यता रहेको छ । औँशी कृष्ण पक्षमै पर्ने र सोही दिन पितृको भोजनको निम्ति उपयुक्त समय हुने भएकाले पितृको तर्पण श्राद्ध गर्ने शास्त्रीय चलन चलिआएको हो ।
बुबाको मुख हेर्ने यही दिनलाई मान्नुको कारण पनि पितृको विशेष दिन भएर नै हो । पिताको महŒव शास्त्रले पनि विशेष गाएको पाइन्छ । शास्त्रले पनि गुरु भन्दा सय गुण माथि पिताको स्थान दिएको छ । यसैगरी उपनिषद्ले पितालाई देवताको कोटिमा राखेको छ । पितृ देवो भव (कठोपनिषद्) अर्थात् देवता समान हुन्छन् भनी उल्लेख गरेको पाइन्छ । धर्म शास्त्र अनुसार प्राण जाने अवस्थामा रक्षा गर्ने र पालनपोण गरी कर्म दिने व्यक्तिलाई पनि पिता समानको कोटि प्रदान गरिएको छ । यसरी पिताको महिमा पनि विशेष रहेको पाइन्छ ।
धर्म संस्कृति हाम्रा गहना हुन् । नेपाल र नेपालीका चिनारी पनि । यिनै संस्कृति वैदिक विधि विधानमा आवद्ध रहेका छन् र हाम्रो संस्कृतिले पनि सर्वप्राचीन हुने सुअवसर प्राप्त गरेको छ । कुशे औशीका दिन घघर घरमा पवित्र वस्तु कुश भिœयाएर देव र पितृ कार्यको निम्ति पवित्र रहने गरिन्छ । यसैगरी यही दिन पितामो मुख हेर्ने पनि हाम्रो चलन रहेको छ । यही चलन नै विस्तारै संस्कृतिको अभिन्न अंग बनेको हो । हामी यसैमा रमेका छौँ र रमाउनु पनि पर्छ । किनकि आत्मिक सुख शान्ति सबैको कामना हुन्छ । सोही कुरा यस्ता चाड पर्वले दिने गर्दछन् । पितृ प्रति सदा आदरभाव व्यक्त गर्नु पर्छ भन्ने सन्देश पनि यस पर्वले दिन खोजेको पाइन्छ । अतः हामी सबैले यस्ता पवित्र पर्वको महिमा जान्नु र विश्व सामु फैलाउनु पनि आवश्यक छ । किनकि हामी धर्म, संस्कृति र सभ्यतामा धनी छौँ । जसको प्रचार प्रसार आज आवश्यक रहेको देखिन्छ ।
No comments:
Post a Comment