वार्षिक राशिफल २०७५ - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Apr 13, 2018

वार्षिक राशिफल २०७५




मेष राशि :

मेष राशिका लागि यो वर्ष मध्यम फलदायी रहनेछ ।  कर्म क्षेत्र सबल रहने देखिन्छ । अध्ययनको क्षेत्र मध्यम फलदायी रहनेछ । वर्षको उत्तराद्र्धबाट स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ । व्यापारका निम्ति वर्षको पूर्वाद्र्ध उत्तम फलदायी रहनेछ ।  पारिवारिक सुख प्राप्त हुने देखिन्छ । आय आर्जनका अवसर प्राप्त हुनेछन् ।  शत्रु पराजित हुनुका साथै मनमा कार्य गर्ने उत्साह छाउनेछ । दाम्पत्य सुखको योग देखिन्छ । वैदेशिक क्षेत्र शुभ फलदायी रहनेछ । कार्य गर्ने अवसर पनि प्रशस्त प्राप्त हुनेछन् । प्रेममा सफलता प्राप्त हुनुका साथै विशेष लाभका योग पनि देखिन्छन् । व्यवसायका दृष्टिले  असोज महिना उत्तम देखिन्छ । कार्य गर्ने साहस बढ्नेछ । मुद्दा मामिलाका क्षेत्रमा केही असहजता रहनेछ । यात्रामा सजगता अपनाउनु नै उत्तम हुनेछ । कार्तिक महिनाबाट आयमा स्थिरताका साथै स्वाथ्यमा प्रतिकूलता रहन सक्नेछ । कृषि क्षेत्र मध्यम फलदायी देखिन्छ । श्रावण, कार्तिक र चैत्र महिना कष्टदायक रहनेछन् । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना उत्तम फलदायी रहनेछन् । 

वृष राशि

वृष राशिका लागि यो वर्ष अर्थदायी रहनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । कार्तिक महिनाबाट समय उत्तम फलदायी रहने देखिन्छ । शत्रु पराजित हुनेछन् । कर्म क्षेत्र बलवान रहने भएकोले नयाँ कार्यका अवसर पनि प्राप्त हुने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । पदोन्नतिका अवसर पनि प्रापत् हुनेछन् । कीर्ति वृद्धिका साथै सामाजिक क्षेत्रमा विशेष अभिरुचि रहनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । वैदेशिक क्षेत्र लाभदायी रहनेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै भूधन विशेष उन्नतिकारक रहने देखिन्छ ।  शेयर बजार सामान्य रहनेछ । शनि अढैया वर्षभरि रहने भएकाले कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ । कृषि कर्ममा तरल पदार्थबाट विशेष लाभ हुनेछ । स्वास्थ्यका दृष्टि यो वर्ष सामान्य देखिन्छ । शिर सम्बन्धी समस्याका साथै छालाजन्य रोगको विशेष प्रकोप रहन सक्नेछ । शनिस्तोत्र पाठसँगै हनुमानजीको आराधनाले शनिजन्य दोष शान्ति गर्न सकिन्छ । असार पौष र आश्विन महिना कष्टदायी रहने छन् । आर्थिक दृष्टिले श्रावण, कार्तिक र चैत्र महिना शुभ रहने देखिन्छ ।

मिथुन राशिःः

  मिथुन राशिका लागि यो वर्ष लाभदायी रहने देखिन्छ । मांगलिक कार्यका योग  देखिन्छन् । प्रेम जीवन सबल र सफल रहनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । कर्म क्षेत्र सबल रहने भएकाले पदोन्नतिका अवसर पनि प्राप्त हुने देखिन्छ ।  अध्यन अध्यापनका दृष्टिले वर्ष उत्त रहनेछ । धार्मिक यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । बोलीका विशेष प्रभाव रहनेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । जलीय वस्तुबाट विशेष लाभ हुनेछ । मित्र सुख प्राप्तिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । वैदेशिक क्षेत्र लाभदायी रहनेछ । वाणिज्य एवं शेयरको क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । मित्रजनबाट सजग रहनु नै उत्तम हुनेछ । कृषिक्षेत्र लाभदायी रहे पनि व्यपारमा केही कठिनाइ झेल्नु पर्नेछ । आमदानीको हिसाबले बैशाख, जेठ, भदौ र मसिर महिना उत्तम रहने छन् । यसैगरी श्रावण, माघ र फागुन महिना खर्चदायी रहने देखिन्छ ।  

कर्कट राशिः
कर्कट राशिका लागि यो वर्ष अर्थदायी रहनेछ । कर्म क्षेत्र बलवान् रहने देखिन्छ । पदोन्नतिका विशेष अवसर  प्राप्त हुनेछन् । आर्थिक क्षेत्र सबल रहनेछ । कार्य प्राप्तिका साथै आय आर्जनका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यमा भने अस्थिरता रहने देखिन्छ । विशेषगरी वायु विकारका साथै छालाजन्य रोगले दुःख दिनेछ । दाम्पत्य जीवन सुखद् रहनेछ । धार्मिक कार्यमा विशेष रुचि जाग्नेछ । शत्रु पक्ष निर्वल रहनेछन् । कला साहित्यका क्षेत्रमा प्रगति हुनेछ । अध्ययन अध्यापनका दृष्टिले यो वर्ष लाभदायी रहनेछ । मित्र सहयोग प्राप्त हुने देखिन्छ । प्रेम जीवन मध्यम रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । आर्थिक दृष्टिले वर्षको पूर्वाद्र्ध उन्नतिकारक रहनेछ । वैदेशिक क्षेत्र लाभदायी  रहनेछ । वर्षको उत्तराद्र्धबाट खर्चमा वृद्धि हुनेछ । विशेष यात्राका अवसर पनि प्रँप्त हुनेछन् । कृषि कर्म लाभदायी रहने देखिन्छ । आर्थिक दृटिले वैशाख, जेठ, असोज र पुस महिना शुभ रहनेछन् । यसैगरी श्रावण, कार्तिक र फागुन महिना खर्चिला रहने देखिन्छ । 

सिंह राशि:
 सिंह राशिका लागि यो वर्ष उत्तम फलदायी रहनेछ । कार्य क्षेत्रमा उन्नति हुनेछ । आय आर्जनका स्रोत बढ्दै जानेछन् ।  कार्यलाभका साथै मनमा प्रशन्नता छाउनेछ । प्रेम जीवन सफल र सुखद् रहनेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै मांगलिक कार्यका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ ।  व्यापार व्यवसायमा वृद्धि हुनुका साथै वैदेशिक यात्राका योग पनि देखिन्छन् । अग्निजन्य बस्तुबाट भने सजग रहनु नै उत्तम रहनुछ ।  शेयरमा  वृद्धि हुनेछ । बौद्धिक कार्यमा रुचि रहनुका साथै सफलता प्राप्त हुने देखिन्छ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । पशु चौपायबाट पनि उन्नति हुने देखिन्छ । आयमा वृद्धि हुनुका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुने योग देखिन्छ ।  स्वास्थ्यको क्षेत्र सामन्य रहनेछ ।  आर्थिक दृष्टिले जेठ, असार र कार्तिक महिना शुभ रहनेछन् भने वैशाख, भदौ र मंसिर महिना खर्चिला रहनेछन् । 
                                                                      कन्या राशि:

 कन्याराशिका लागि यो वर्ष मिश्रित फलदायी रहनेछ । वैदेशिक क्षेत्र लाभदायी रहनेछ । कर्म प्राप्तिका साथै पदोन्नतिका शुभ अवसर पनि प्राप्त हुनेछन् ।   व्यापारमा वृद्धि हुनुका साथै लगानीका नयाँ मार्ग प्रशस्त हुने देखिन्छ । भूधन लाभदायी रहनेछ । वर्षको उत्तराद्र्ध उन्नतिकारक रहनेछ । प्रेम जीवन मध्यम फलदायी रहनेछ । यात्राका विशेष योग देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । राजनीतिको क्षेत्र संघर्षमय रहनेछ । शनि अढैया दशा चल्ने भएकाले स्वास्थ्यमा उतारचढाब रहनेछ । शत्रु पक्ष सबल देखिन्छन् । व्यवसायमा वादविवादको सामाना गर्नु पर्नेछ । मुद्दामामिलामा पनि ढिलासुस्ती हुने देखिन्छ । शनिस्तोत्र पाठका साथै शिवजीको उपासना शुभ रहनेछ ।  आर्थिक दृष्टिले असार, श्रावण, मंसिर र फागुन महिना शुभ रहनेछन् भने  वैशाख, कार्तिक र माघ महिना खर्चिला रहने देखिन्छ । 

तुला राशि:
 तुला राशिका लागि यो वर्ष उन्नतिकारक रहनेछ ।  कर्म प्राप्तिको योग देखिन्छ । आय आर्जनका बाटाहरू खुल्नेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै यात्राका  विशेष अवसर पनि प्राप्त हुने देखिन्छ । वैदेशिक क्षेत्र फलदायी रहनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् ।  अध्ययनमा सफलता प्राप्त हुनेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनुका साथै खेल क्षेत्रबाट लाभ हुने देखिन्छ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ  ।  वर्षको पूर्वाध विशेष लाभदायी रहने देखिन्छ । वोलीको विशेष प्रभाव रहनेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुनेछ । जलीय पदार्थमा विशेष हानिकारक रहनेछन् । कृषिकर्म लाभदायी रहने देखिन्छ । पशुपालनमा उन्नति हुनेछ । व्यापार व्यवसायमा वृद्धिका साथै आर्थिक क्षेत्र सबल रहनेछ ।  आर्थिक दृष्टिले साउन, भदौ र पौष र महिना लाभदायी रहनेछन् भने कार्तिक, माघ र फागुन महिना अस्थिर रहने देखिन्छ । 

वृश्चिक राशि:
वृश्चिक राशिका लागि यो वर्ष लाभदायी रहनेछ । विशेषतः कार्तिक महिनाबाट आयमा वृद्धि हुनुका साथै कार्यलाभका योग देखिन्छन् । वर्षको उत्तराद्र्ध विशेष फलदायी रहनेछ । आयमा वृद्धि हुने देखिन्छ । वैदेशिक क्षेत्र उन्नतिकारक रहनेछ । मित्र सहयोग प्राप्त हुनसका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अध्ययनमा प्रगति हुने देखिन्छ ।  वर्षको पूर्वाद्र्ध भने खर्चिलो रहने देखिन्छ ।  हाड नसामा केही समस्या देखिन सक्नेछ । अन्त्य साढेसाती दशा रहने भएकाले  रोगमा अस्थिरता निम्त्याउने देखिन्छ । मुद्दा मामिलामा पनि विलम्ब गराउनेछ । बोलीको प्रभाव विशेष रहने भएकाले कार्यमा सजगता अपजनाउनु नै उत्तम हुनेछ । शनिस्तोत्र पाठका साथै शनिबार पीपलमा जल अर्पण गर्नाले शनिजन्यदोषबाट शान्ति मिल्नेछ । कर्मक्षेत्र सामान्य रहनेछ ।  कृषिकर्म भने लाभदायी रहनेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहनेछन् भने आषाढ, कार्तिक र चैत्र महिना खर्चिला रहनेछन् ।

धनु राशि:
धनु राशिका लागि यो वर्ष मध्यम फलदायी रहनेछ । वैदेशिक क्षेत्र विशेष लाभदायी रहने देखिन्छ । कार्यक्षेत्रको लगावमा वृद्धि हुनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुने योग देखिन्छन् ।  व्यापार व्यवसायमा वृद्धिका साथै आर्थिक उन्नति हुनेछ । विद्याको क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।  वैदेशिक क्षेत्र लाभदायी  देखिन्छ । शनि साढेसाती मध्यम अवस्थामा रहने भएकाले स्वास्थ्यमा प्रतिकूलता रहनेछ  । अग्निजन्य वस्तु हानिकार देखिन्छन् ।  शत्रु पक्ष सबल रहनुका साथै कार्यमा अवरोध पनि खडा गर्नेछन् । शनि शान्तिका साथै मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ । पारिवारिक साथ सहयोग मिले पनि सामान्य वादविादको  सामना भने गर्नुपर्ने देखिन्छ । प्रेममा सफलता प्राप्त हुनेछ ।  कृषि कर्म लाभदायी रहनेछ । आर्थिक दृष्टिले जेठ, असोज, कार्तिक र फागुन महिना शुभ रहनेछन् । यसैगरी वैशाख, श्रावण र मंसिर महिना भने खर्चिला रहनेछन् । 

मकर राशि:
मकर राशिका लागि यो वर्ष मिश्रित फलदायी रहनेछ ।  वैदेशिक क्षेत्र सबल र सफल रहनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । कर्मप्राप्तिको योग देखिन्छ । आर्थिक क्षेत्रमा भने उतार चढाब भइरहने देखिन्छ । व्याव्यापर व्यवसाय लाभदायी रहनेछ । अध्ययन अध्यापनका क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ । वर्षको पूर्वाद्र्ध  विशेष फलदायी रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका  अवसर पनि प्राप्त हुनेछन् । कृषि क्षेत्र लाभदायी रहनेछ । भौतिक वस्तुबाट विशेष लाभ रहने देखिन्छ । आद्य शनि साढेसातीको विशेष प्रभाव रहनेछ ।  जसले कार्यमा ढिलासुस्ती निम्त्याउनुका साथै स्वास्थ्यमा पनि बाधा व्यवधान खडा गर्ने देखिन्छ । हाड नसामा विशेष प्रभाव रहनेछ । शत्रु मित्रजनको सहयोग प्राप्त हुनुका साथै  शत्रु पक्ष सबल रहनेछन् ।  खर्चमा पनि वृद्धि हुने देखिन्छ । शनिबार पीपलमा जल अर्पणका साथै शनिस्त्रोत्रपाठ शुभदायी रहनेछ । आमदानीका दृष्टिले असार, कार्तिक, मंसिर र चैत महिना शुभ छन् भने वैशाख, श्रावण र पौष महिना खर्चिला रहनेछन् । 


कुम्भ राशि:
कुम्भ राशिका लागि यो वर्ष कार्यदायी रहनेछ । कार्यप्राप्तिका विशेष योग देखिन्छन् । कार्यक्षेत्रमा उन्नतिका साथै पदोन्नतिका अवसर प्राप्त हुनेछ  । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्रका अवसर पनि मिल्नेछन् ।  आर्थिक क्षेत्र उन्नतिकारक रहनेछ । मित्र सहयोग प्राप्त हुने देखिन्छ । वर्षको उत्तराद्र्धबाट खर्चमा वृद्धि हुनेछ । शत्रुपक्ष सबल रहने भएकाले कार्यमा सजगता अपनाउनु नै उचित हुने देखिन्छ । व्यापार व्यवसायमा उन्नति हुनेछ । आर्थिक लाभका योग देखिन्छन् । प्रेम जीवन सफल र सुमधुर रहनेछ । कृषि कर्ममा रुचि जाग्नुका साथै पशु व्यवसायबाट लाभ हुनेछ । शनिको दृष्टि परेकाले स्वास्थ्यमा भने समस्या आउनेछ  । हाड नसाको समस्याले  खर्चमा वृद्धि गराउनेछ । यान्त्रिक वस्तुका साथै अग्निजन्यकुरा हानिकारक रहनेछन् । अध्ययनको क्षेत्र फलदायी रहनेछ । वैशाख साउन र मंसिर महिना विशेष लाभदायी रहनेछन् भने जेठ, असोज र माघ महिना कष्टदायी रहने देखिन्छ ।  

मीन राशि:

 मीन राशिका लागि यो वर्ष लाभदायी रहनेछ । आर्थिक उन्नतिका साथै कार्यलाभका योग  देखिन्छन् । वैदेशिक क्षेत्र फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । वर्षको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहनुका साथै अध्ययनमा उन्नति हुने देखिन्छ ।  पारिवाकि सुख मिल्नेछ । पे्रममा सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भूधन विशेष लाभदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै कीर्ति वृद्धिका योग देखिन्छन् । आफन्त सहयोग प्राप्त हुनेछ । शेयर व्यवसायमा वृद्धि हुने देखिन्छ । राजनीतिक क्षेत्र भने चुनीतीपूर्ण रहनेछ । सन्ता

न सुख मिल्ने देखिन्छ । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । कृषि व्यवसायमा वृद्धि हुनेछ । भदौ, पुस र माघ महिना विशेष लाभदायी रहनेछन् भने असार, कात्र्तिक र फागुन महिना खर्चिला रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५

No comments:

Post a Comment