कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान् मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।। – श्रीमद्भगवद्गीता, ४।१८
जसले कर्ममा अर्कम र अकर्ममा कर्म देख्छ त्यो नै बुद्धिमान हो । ऊ नै वास्तवमा योगी हो ।
कर्म भित्रको अकर्म देख्न सक्ने विवेकरूपी आँखा हुनु बास्तवमै आवश्यक छ । समालोचनात्मक दृष्टि सर्वत्र राख्नु पर्छ भन्ने गीतको मर्म हो जस्तो लाग्छ मलाई । राम्रो भित्रको नराम्रो अनि नरोम्रो भित्र राम्रो देख्न सक्नु नै कर्मयोगी हुनु हो । राम्राको प्रशंसामात्र अनि नराम्रा कार्यको आलोचना मात्र गर्ने होइन कि दुवै कार्यको विवेकपूर्ण समालोचना नै बुद्धिमानी र कर्मयोगी बन्ने लक्षण हो भन्ने गीताको गहिरो भनाई सान्दर्भिक देखिन्छ ।
- नारायणप्रसाद निराैला
No comments:
Post a Comment