श्राद्धमा कस्ता पुष्प (फूल) ग्राह्य र कस्ता निषेधित छन् ? हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 16, 2019

श्राद्धमा कस्ता पुष्प (फूल) ग्राह्य र कस्ता निषेधित छन् ? हेर्नुहोस्



श्रद्धापूर्वक गरिने कार्य नै श्राद्ध हो । श्राद्धमा पुष्प(फूल)को विशेष महिमा बताइएको छ । जसरी हामी कसैलाई सम्मान गर्दा पुष्पगुच्छा एवं माला लगाइदिन्छौँ त्यसैगरी पितृप्रति सम्मन अर्पण गर्न फूल चढाउनुपर्ने शा्रस्त्रीय विधान रहेको छ । यसरी चढाइने फूलमध्ये पनि सबै पितृलाई ग्राह्य हुँदैनन् । अतः कस्ता फूलपाती चढाउँदा पितृ खुशी हुन्छन् र कस्ता फूल पितृकार्यमा निषेध गरिएको छ भन्ने बारेमा याहाँ चर्चा गरिनेछ : 

श्राद्धमा ग्राह्य पुष्प 
सबै सुगन्धित सेता फूल, कमल, तुलसी, भृङ्गिराज, अगस्त्यपुष्प, सयपत्री, चम्पा र तिलपुष्प पितृलाई प्रिय हुन्छन् ।
 शुक्लाः सुमनसः श्रेष्ठास्तथा पद्मोत्पलानि च ।
 गन्धरूपोपपन्नानि यानि चान्यानि कृत्स्नशः ।
 अगस्त्यं भृङ्गिराजं च तुलसी शतपत्रिका ।
 चम्पकं तिलपुष्पं च षडेते पितृवल्लभाः ।। (निर्णयसिन्धुमा स्मृतिसारको वचन) 

श्राद्धमा त्याज्य पुष्प–
कदमको फूल, वेलपत्र, केतकीको फूल,  बकुल्लाको फूल, बर्बरीफूल /वन तुलसी, कालो फूल, अत्यन्त गन्ध आउने फूल, चैत्यपुष्प र रातो फूल पनि पितृकर्मका निम्ति त्याज्य मानिएका छन् । 
कदम्बं विल्वपत्रं च केतकी बकुलं तथा । 
बर्बरी कृष्णपुष्पाणि श्राद्धकाले न दापयेत् ।
 उग्रगन्धीन्यगन्धीनि चैत्यवृक्षोद्भवानि  च । 
पुष्पाणि वर्जनीयानि रक्तवर्णानि यानि च ।। (शंखस्मृति, मत्स्यपुराण, ब्रह्माण्डपुराण, श्राद्धप्रकाश) 

यस बाहेकका सुगन्धयुक्त पहेला फूल पितृका निम्ति ग्रह्य मानिएका छन् ।

यी पंक्तिहरू संस्कार–सुलोचना पुस्तकबाट साभार गरिएका हुन् ।  यस्तै धार्मिक सांस्कृतिक विषयवस्तुको ज्ञानका निम्ति संस्कार–सुलोचना पुस्तक सर्वत्र बजारमा उपलब्ध छ । 



No comments:

Post a Comment