आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मका दिनलाई नवरात्र भनिन्छ । नवरात्रमा दुर्गा भगवतीको नौ स्वरूपको पूजा एवं उपासना हुने गर्दछ । आद्यशक्ति भगवतीको नवरात्रभरि उपासना गरेर दशमीका दिन प्रसाद स्वरूप टीका एवं जमरा ग्रहण गरिन्छ ।
पहिलो दिन शैलपुत्री
नवराको पहिलोदिन शैलपुत्री भगवतीको उपानिा हुने गर्दछ । पर्वत अर्थात् शैलकी छोरी भएकीले शैलपुत्री नाम भएको हो । शैलपुत्री पूर्वजन्ममा दक्षकी पुत्री सती थिइन् । दुवै जन्ममा शिवसँगै विवाह भयो । दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल लिएकी शैलपुत्रीको वाहन वृषभ (साँढे) हो ।
दोस्रो दिनः ब्रह्मचारिणी
नवरात्रको दोसूो दिन ब्रह्मचारिणी भगवतीको उपासना हुनग गर्दछ । ब्रह्म अर्थात् तपस्या र चारिणी भन्नाले आचरण गर्ने, यस आधारमा तपस्याको आचरण गर्ने देवी ब्रह्मचारिणी हुन् । दायाँ हातमा माला र बायाँ हातमा कमण्डलु लिएकी देवीको स्वरूप ज्योतिर्मय छ ।
तेस्रो दिनः चन्द्रघण्टा
तेस्रे दिन चन्द्रघण्डा भगवतीको पूजा आराधना हुने गर्दछ । शिरमा घण्टा जस्तो अर्धचन्द्र भएकाले देवीको नाम चन्द्रघण्टा रहेको हो । सिंहवाहिनी, दशभुजा भएकी चन्द्रघण्टालाई शान्तिदायक, कल्याणकारी देवी मानिन्छ ।
चौथो दिनः कूष्माण्डा
नवरात्रको चौथो दिन कूष्माण्डा भगवतीको उपासना गरिन्छ । ब्रह्माण्डको रचना गर्ने श्रेय कूष्माण्डा देवीलाई प्राप्त छ । त्यसैले यिनलाई आदिस्वरूपा, आदिशक्ति मानिन्छ । अष्टभुजा कूष्माण्डा देवीको निवासस्थल सूर्यमण्डलको भित्री लोकमा रहेको र उनको तेजबाट दश दिशा प्रकाशित भइरहेको शास्त्रमा उल्लेख छ ।
पाँचौँ दिनः स्कन्दमाता
पाँचौँ दिन स्कन्दमाता भगवतीको उपासना हुन्छ । कुमार कार्तिकेयको नाम ‘स्कन्द’ हो । स्कन्दकी आमा भएकीले ‘स्कन्दमाता’ नाम रहेको हो । चार भुजा भएकी स्कन्दमाताको आसन कमल हो भने वाहन सिंह छ । स्कन्दमाताको आराधनाले लौकिक, पारलौकिक चाहना पूरा हुने गर्दछन् ।
छैटौँ दिनः कात्यायनी
छैटौँ दिन कात्यायनी भगवतीको पूजा आराधना हुने गर्दछ । महर्षि कात्यायनको तपस्याबाट प्रभावित भई भगवतीले उनको पुत्रीका रूपमा जन्म लिएकीले कात्यायनी नाम परेको हो । चार भुजा, सिंहवाहिनी देवीलाई ब्रह्मा, विष्णु र शिवको तेजोराशि प्राप्त थियो । महिषासुरलाई वध गरेका कारण देवीको एक नाम महिषासुरमर्दिनी पनि रह्यो ।
सातौँ दिनः कालरात्रि
नवरात्रको सातौँ दिनलाई फूलपाती भनिन्छ । यसदिन कालरात्रि भगवतीको उपासना हुने गर्दछ । रात्रिकालीन समयमा काकलारात्रि भगवतीको विशेष पूजा आराधना हुने गर्दछ । कालो वर्णको भयानक शरीर भए तापनि सधैँ शुभ फल दिने देवी कालरात्रि हुन् । महाकाली, भद्रकाली, भैरवी, रुद्राणी, चामुण्डा, चण्डी, रौद्री झैँ शुभंकारी पनि उनको नाम हो । नकारात्मक ऊर्जालाई विनाश गर्ने देवीका तीन नेत्र, चार भुजा छन् र वाहन गधा हो ।
आठौँ दिनः महागौरी
महाखष्टमीका दिन महागौरी भगवतीको उपासना हुने गर्दछ । चार हात भएकी, वृषभ तथा सिंहवाहिनी, सन्तापहारिणी देवीको नाम महागौरी हो । महागौरीलाई सेतो रङ प्रिय छ, त्यसैले उनका वस्त्र तथा गरगहना सेतै छन् । सेतो वस्त्रादि मन पराउने भएकीले श्वेताम्बरधरा नामबाट पनि चिनिन्छिन् । महागौरी भक्तजनलाई असत्यको बाटोबाट हटाई सत्यको मार्गमा लगाउँछिन् ।
नवौँ दिनः सिद्धिदात्री
महानवमीका दिन सिद्धिदात्री भगवतीको उपासना हुने गर्दछ । अर्धनारीश्वर नामले समेत प्रसिद्ध, चार भुजा, सिंहवाहिनी देवीको नाम सिद्धिदात्री हो । अष्टसिद्धि ९अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व० प्रदान गर्ने देवीलाई सबै मनोकामना पूर्ण गर्ने शक्ति मांनिन्छ ।
यसरी नवरात्रभरि नवदुर्गा भगवतीको भिन्न भिन्न स्वरूपको उपासना गरी विजया दशमीका दिन प्रसादस्वरूप टीका जमरा लगाउने गरिन्छ । भगवतीको उपासना अभष्टि सिद्धिका निीम्त कलयणकारी रहन्छ ।
No comments:
Post a Comment