हामी नित्य धार्मिक कार्य गरिरहेका हुन्छौँ । यसरी धार्मिक कार्यमा हात एवं औँलाको प्रयोगको पनि विशेष निर्देशन शास्त्रले गरेकाके पाइन्छ । कार्य अनुसार भिन्नाभिन्नै औँलाको प्योग गर्नुपर्दछ । विशेषतः धार्मिक कार्यमा दाहिने हातको प्रयोग हुने गर्दछ ।
चन्दन लगाउँदा कान्छी औँला बाहेक अरु सबै औँला प्रयोग गर्न मिल्छ ।
अङ्गुष्ठः पुष्टिदः प्रोक्तो मध्यमा पुष्टिकारिणी । अनामिकान्नदा नित्यं मुक्तिदा च प्रदेशिनी ।
देवता र ऋषिको पूजामा साहिली औँलाको प्रयोग गर्नुपर्दछ ।
अनामिक्या च देवस्य ऋषीणां च तथैव च ।
यसैगरी पितृकार्यमा भने चोरी औँलाको प्रयोग गर्नुपर्दछ :
पितृणामर्पयेद् गन्धं तर्जन्या च सदैव हि ।
यसैगरी आफूले चन्दन लगाउँदा माहिली औँलाको प्रयोग गर्नुपर्छ :
तथैव मध्यमाङ्गुल्या धार्यं गन्धं स्वयं बुधैः ।। (आह्निकसूत्रावली)
फूल चढाउँदा माइली र साइली औँला प्रयोग गर्नुपर्दछ । यसैगरी फूल हटाउँदा बुढी र चोर औँलाको प्रयोग गर्नु पर्दछ ।
मध्यमानामिकामध्ये पुष्पं संगृह्य पूजयेत् ।
अङ्गुष्ठतर्जनीभ्यौ तु निर्माल्यामपनोदयेत् ।। (आह्निक सूत्रावली)
यस्तै विविध विषवस्तुको शास्त्रीय प्रमाण सहित उपप्रा नारायणप्रसाद निरौलाद्वारा लिखित उपयोगी पुस्तक ‘संस्कार–सुलोचना’ सर्वत्र बजारमा उपलब्ध छ । यी अंश पनि सोही पुस्तकबाट साभार गरिएका हुन् ।
No comments:
Post a Comment