नारायणप्रसाद निराैला
ज्याेतिषाचार्य
परापूर्व कालदेखि नै आयुर्द्राेण सुतेश्रियं... भन्ने अाशीर्वचन मान्यजनबाट लिने
चलन रहेकाे छ ।
आयुर्द्राेण सुतेश्रियं दशरथे शत्रुक्षयोराघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अर्थात् अश्वत्थामाको जस्तै लामो आयु होस्, राजा शरथको जस्तै श्रेय रहोस्, भगवान् रामका जस्तै शत्रु नाश हुन्, नहुष राजाको जस्तै ऐश्वर्य होस्, वायुको जस्तै गति होस्, दुर्योधनको जस्तो मान होस्, शान्तनव(भीष्म)काे जस्तो शौर्य होस्, सबैले गन्ने मान्ने हुनू, कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनू, ज्ञान विज्ञानमा विदुर जस्तै नीतिवान र ज्ञानवान हुनू, भगवान नारायणको जस्तै यस कीर्ति सर्वत्र फैलियोस् भन्ने भावना समेटिएको उक्त आशीर्वचनले धार्मिक एवं साँस्कृतिक दुवै पक्षलाई अबलम्बन गरेको छ ।
अश्वत्थामा अष्ट चिरञ्जीवी मध्येका एक हुन् । उनलाई दीर्राघ जीवनकाे वरदान प्राप्त छ । यसैगरी दशरथकाे जस्ताै श्रेय भूर्लाेकमा कसैले पाएका थिएनन् । भगवान् श्रीराम (राघव)ले जसरी शत्रुलाई कसैले पराजित गर्न सकेका छैनन् । अतः श्रीरामकाे जस्तै गरि शत्रु हराएर जाउन् भनिएकाे हाे । ऐश्वर्य सम्पन्नतामा राजा नहुषकाे स्थान उच्च छ । पवन भनेकाे वायु वा हावा हाे । हावाकाे जस्तै चाँडाे हिड्न सक्ने गति प्राप्त हाेस् भन्ने अाशीर्वचना वताइएकाे छ । यसैगरी हस्तिनापुर राज्यमा दुर्याेधनलाई जस्ताे मान सम्मान अरुलाई प्राप्त थिएन । मान मनिताेका क्षेत्रमा दुर्याेधन जस्तै हुनु भनिएकाे हाे । जसकाे जुन गुण राम्राे छ साेही मात्र हामीले लिने हाे । साेही अर्थमा दुर्याेधनकाे यहाँ उदाहरण लिइएको हाे । शान्तनव(भीष्म)काे साैर्य जसरी सर्वत्र प्रख्यात भयाे त्यस्तै ख्याति मिलाेस् भन्ने अाशीर्पचन दिइन्छ । बल पराक्रममा हलधर(बलराम) जस्तै हुनु भनिन्छ । सत्यवादीमा युधिष्ठिर(कुन्तिसुत) जस्तै हुनु भनिन्छ । धर्मराज युधिष्ठिरले कहिल्यै असत्य बाेलेनन् । ज्ञानका मामिलामा विदुर जति अब्बल थिए त्यसतै हुनु भनिएकाे छ । यसैगरी भगवान् नारायणाकाे जस्तै कीर्ति सर्वत्र फैलियाेस् । भन्ने अाशयकाे अाशीर्वचन अनुकरणीय छ ।
विजया दशमीकाे हार्दिक मंगलमय शुभकाामना ।

No comments:
Post a Comment