मासिक राशिफल २०७७ आश्विन - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 18, 2020

मासिक राशिफल २०७७ आश्विन



उपप्राध्यापक नारायणप्रसाद निरौला

ज्योतिषाचार्य, वास्तुविद् 

मेष राशिः मेष राशिका लागि यो महिना फलदायी रहने देखिन्छ । भाग्यको भाव उन्न्त देखिन्छ । आर्थिक लाभका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । लग्नको मालिक व्ययभावमा रहेकाले खर्चमा भने वृद्धिहुनसक्ने देखिन्छ । यसैगरी आर्थिक क्षेत्रमा पनि राहुको प्रभाव देखिन्छ । जसले अर्थवयवस्था केही सुस्त रहनसक्नेछ ।  भौतिक वस्तु भने लाभदायी रहनेछन् ।  मित्र सुख मिल्नुका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । वाक्शक्तिमा विकास हुनुका साथै सांगीतिक क्षेत्र पनि उन्नतिकारक रहने देखिन्छ । प्रेम जीवन पारखिलो रहनेछ । कृषि व्यवसाय फलिभूत रहने यो महिनको राशिफल रहेको छ ।


वृष राशिः वृष राशिका लागि यो महिना लाभदायी रहनेछ । लग्नभावको राहुले खर्चमा पनि वृद्धि गराउन सक्ने देखिन्छ । घर परिवारबाट साथ सहयोग प्राप्त हुनेछ । वाणिज्य एवं व्यवसायमा वृद्धि हुने देखिन्छ । कर्मस्थानका मालिक शनि वृहस्पतिसँग रहेकाले कार्यक्षत्रमा सफलता दिलाउनेछन् । स्वास्थ्यको भाव सबल देखिन्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि हुनेछ । भाग्य भाव पनि सफल नै देखिन्छ । आमदानी क्षेत्रमा मंगलेका निवासले मध्यम फलदायी बनाएका छन् । विद्या भाव अनुकूल रहनुका साथै  कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । आफन्त एवं इष्टमित्रको साथ सहयोग मिल्नुका साथै नयाँ कार्यवयवसायमा मन प्रवृत्त रहने यो महिनाको राशिफल रहेको छ । 


मिथुन राशिः  मिथुन राशिका लागि यो महिना अर्थदायी  रहनेछ ।  धनको क्षेत्र उन्नत देखिन्छ । लग्नका मालिक बुध विद्याभावमा रहेकाले बौद्धिक कार्य व्यवसाय हुनेका निम्ति यो महिना सुखद् रहनेछ । सन्तिबाट पनि सुखका योग देखिन्छन् । व्यय भावमा राहुको प्रभावले खर्चमा भने वृद्धि गराउनसक्ने देखिन्छ ।  शत्रु स्थान मध्यम देखिन्छ । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग लाभदायी रहनेछ । प्रेम जीवन सफल रहने देखिन्छ ।  सुखद् यात्राका साथै रमाइला भू अवस्थितिको अवलोकनमा अधिक समय  व्यतित हुनेछ । वैदेशिक क्षेत्र मध्यम फलदायी रहनेछ । बृहस्पतिको प्रभावले वाणिज्यो क्षेत्रलाई सब्ल तुल्याएका छन् । व्यापार व्यवसायमा वृद्धि हुनेछ । परिवारको साथ सहयोग मिल्ने देखिन्छ । कर्म क्षेत्र सबल रहेकाले कार्यमा प्रगतिका साथै व्यवसायमा वृद्धि हुने यो महिनाको राशिफल रहेको छ ।   


कर्कट राशिः  कर्कट राशिका लागि यो महिना  मिश्रित फलदायी रहनेछ । शुक्रको प्रभावले महिनको आरम्भ सफल रहनेछ । आर्थिक दृष्टिले पनि उन्नत रहने देखिन्छ । विद्याको भाव मध्यमफलदायी रहनेछ  । केतुको प्रभावले अध्ययन अध्यापनमा केही कठिनाइको सामना गर्नुपर्ने देखिन्छ । भौतिक वसतु लाभदायी रहनेछन् । व्यवसायमा पनि सफलता मिल्नुका साथै लगानीका नयाँ मार्ग पप्त हुनेछन् ।  मित्र पक्षको साथ सहयोग प्राप्त हुने देखिन्छ । कला साहित्य एवं संगतिको क्षेत्र यो महिना उर्वर रहनेछ । प्रेममा पनि पारखब बढ्ने देखिन्छ । शत्रु पष दुर्वल देखिन्छन् । धार्मिक यात्राका योग पनि देखिन्छन् । स्वास्थ्यको भाव मध्यमफलदायी रहनेछ । शीतकारक वस्तुबाट सजग रहनु नै लाभपु्रद रहने यो महिनाको राशिफल रहेको छ ।


सिंह राशिः सिंह राशिका लागि यो महिनाको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ ।शुक्रको प्रभाव दरिलो रहेकाले कलात्मक पक्ष थप सबल रहनेछ । आर्थिक क्षेत्र पनि उन्नत नै रहने देखिन्छ ।  स्वास्थ्यको क्षेत्रमा मंगलको निवास रहेको छ । आगो एवं अग्निजन्यवस्तुका साथै विजुलीजन्यवस्तु त्यति लाभदायी देखिदैनन् । आफलन्त एवं इष्टमित्रको साथ सहयोग मिल्नेदेखिन्छ । सामाजिक प्रतिष्ठामा पनि अभिवृद्धिका योग देखिन्छन् । विद्याको क्षेत्र उन्नत देखिन्छ । प्रतिस्पर्धात्मक षमतामा वृद्धि हुनेछ । कला एवं विद्या साधकका निीम्त यो महिना उत्रम रहनेछ । धार्मिक आध्यात्मिक चिन्तनमा पनि मन प्वृत्र रहने देखिन्छ ।  राजनीतिको क्षेत्र सबल नै देखिन्छ । कार्यक्षेत्रमा परिश्रम गर्नुपरे पनि उचित प्रतिफल प्राप्त हुने यो महिनाको राशिफल रहेको छ । 


कन्या राशिः कन्या राशिका लागि यो महिना अर्थदायी  रहनेछ । धनको क्षेत्रमा लग्नका स्वामी ग्रहको निवासले धनको क्षेत्रलाई सबल तुल्याएका छन् ।  लगानीको नयाँ मार्ग प्राप्त हुनेछन् । पराक्रमो क्षेत्र पनि सबल नै दखिन्छ । सूर्यको प्रभावले यात्राका योग पनि बनाएका छन् । विद्याको भाव पनि सफल नै देखिन्छ । विशेषगरी प्राविधिक क्षेत्रको अध्ययन अध्यापन गर्नेका निम्ति यो महिना सुखद् रहनेछ । बुद्धितत्त्वको प्रयोग नै यो महिना लाभदायी रहने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ । मंगलको प्रभावले प्रेम पक्ष संघर्षदायी रहने देखिन्छ ।  शुक्रको प्रभावले मनोरञ्जनमा  अधिक लगाव रहने देखिन्छ । कला साहित्य सृजनका साथै सांगीतिक क्षेत्र यो महिना सफल रहनेछ । स्वास्थ्माको भाव मध्यमफलदायी रहने देखिन्छ । 


तुला राशिः  तुला राशिका लागि यो महिना सफल रहनेछ । लग्नमा रहेका बुधले बौद्धिक एवं वाणिज्यको भावलाई सबल तुल्याएका छन् । आथिक पक्ष सबल नै रहनेछ । लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । सेयर व्यवसायमा वृद्धि हुने देखिन्छ । पराक्रम भावमा रहेका बृहस्पतिले पनि शुभफल प्रदान गरिरहेका छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्रजनका साथ सहयोगले महिना सार्थक बन्ने देखिन्छ । प्रेम सम्बन्ध सुदृढरहने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै धार्मिक कार्यमा पनि मन प्रवृत्त रहनेछ । धनस्थानमा रहेका केतुले खर्चमा भने वृद्धि गराउनसक्नेछन् । कला साहित्य एवं संगीतको क्षेत्र सुखद् नै रहने यो महिनको राशिफल रहेको छ ।  


वृश्चिक राशिः  वृश्चिक राशिका लागि यो महिन लाभदायी रहनेछ  । कर्मप्राप्तिका योग देखिन्छन् । आर्थिक क्षेत्र सबल रहनेछ । धनको मालिक बृहस्पति धन भावमा बसेकाले आमदानीमा निरन्तर वृद्धि हुने देखिन्छ । अध्ययन अध्यापनमा भने महिना मध्यम फलदायी रहनेछ । मंगलको प्रभावले परिश्रम अधिक गर्नुपर्ने देखिन्छ । प्राविधिक क्षेत्रको अध्ययन अध्यापन गर्नेका निम्ति सुखद् नै रहनेछ । शत्रु पक्ष निर्वल रहनेछन् । धार्मिक सामाजिक कार्यमा मन प्रवृत्त हुने देखिन्छ ।  सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुनेछ । कार्य क्षेत्रका दृष्टिले महिनाको उत्तराद्र्ध सुखद् रहने देखिन्छ । मित्र जनको साथ सहयोग मिल्नेछ । प्रेममा पारख बढ्नुका साथै पारिवारिक सुख मिल्ने यो महिनाको राशिफल रहेको छ ।  


धनु राशिः  धनु राशिका लागि यो महिना लाभदायी रहनेछ । कर्मप्राप्तिका योग देखिन्छन् ।  स्वगृही बृहस्पतिले लग्नभावलाई सबल तुल्याएका छन् । शनिको पनि निवासले कार्यक्षेत्रमा अधिक परिश्रम भने दिलउनसक्नेछन् । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । सामाजिक मान प्रतिष्ठा मिल्नुका धार्मिक कार्यमा मन प्रवृत्त रहनेछ । प्रेम जीवन सुखद् रहनुका साथै रमाइला स्थानको परिभ्रमण अवसर पनि प्राप्त हुने देखिन्छ । शत्रु पक्ष निर्वल रहनेछन् । कला सृजनका कर्मीका निम्ति यो महिना सुखद् रहनेछ । सन्तति एवं आफन्त जानको साथ सहयोग प्राप्त हुने देखिन्छ । स्वास्थ्यको भाव सबल नै रहनेछ । अध्ययन अध्यापन मध्यम फलदायी रहने यो महिनाको राशिफल रहेको छ ।   


 मकर राशिः  मकर राशिका लागि यो महिना सफल रहनेछ । कर्मक्षेत्र सबल देखिन्छ । बौद्धिक कायृमा सफलता मिल्नेछ ।  शुक्रको प्रभावले वाणिज्यको क्षेत्रलाई सबल तुल्याएका छन् । कला साहित्य सृजनामा मन प्रवृत्र रहनेछ । सांगीतिक क्षेत्र पनि यो महिना समुन्नत नै देखिन्छ ।  व्यापार व्यवसायमा वृद्धिका साथै लगानकिा नयाँ मार्ग प्राप्त हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।  विद्या लाभदायी रहनेछ । शत्रु पक्ष भने दुर्वल नै देखिन्छन् । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राका विशेष योग पनि देखिन्छन् । राजनीतिको क्षेत्र सबल देखिन्छ । सामाजिक कार्यमा पनि मन प्रवृत्त रहनेछ । स्वास्थ्यका क्षेत्रमा सजग रहनु नै लाभप्रद रहने यो महिनाको राशिफल रहेको छ ।     


कुम्भ राशिः कुम्भ राशिका लागि यो महिनामा मिश्रित फलदायी रहनेछ । धनभावमा रहेका मंगलले आर्थिक अस्थिरता निम्तयाउनसक्ने देखिन्छ । मित्र पक्षबाट सजग रहनु नै लाभप्रद रहनेछ । धार्मिक आध्यात्मिक कार्यमा चाख रहनुका साथै सुखद् परिभ्रमणका योग पनि देखिन्छन् ।  व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ ।  अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने योग रहेका छन् ।  पारिवारिक सुख मिल्नेछ ।  प्रेम जीवन सार्थक र सुखद् रहनेछ । बोलीमा ओज मिल्ने देखिन्छ । तर्क शक्तिमा विकास हुनुका साथै कार्य क्षेत्रमा पनि प्रभावकारिता रहनेछ । कला मनोरञ्जाको क्षेत्र पनि उन्नतिकार नै रहने  देखिन्छ ।  स्वास्थ्यको भाव सब नै देखिन्छ । 


मीन राशिः  मीन राशिका लागि यो महिना यात्रादायी रहनेछ ।  आर्थिक क्षेत्र सबल रहनुका साथै धातुजन्य वस्तु विशेष लाभदायी रहनेछन् । अध्ययन अध्यापनको क्षेत्र सफल रहने देखिन्छ । मित्रजनको साथ सहयोग मिल्नुका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुनेछ । धार्मिक क्षेत्रमा पनि यो महिना रुचि रहने देखिन्छ । कला साहित्यको क्षेत्र यो महिना सफल नै रहनेछ । स्वाथ्यमा भने प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ ।  भग्यको क्षेत्रमा केतुको निवास रहेको छ । जसले भाग्य फलिभूत हुन केही विलम्ब रहनसक्नेछ ।  प्रेम जीवन मध्यम फलदायी रहनेछ । मंगलको प्रभाव सबल देखिन्छ । अग्निजन्य वस्तुको प्रयोमा सजग रहनु नै लाभप्रद रहने यो महिनाको राशिफल रहेको छ ।  


No comments:

Post a Comment