आफ्नो प्रशंसा आफै किन गर्नुहुँदैन ? हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 18, 2020

आफ्नो प्रशंसा आफै किन गर्नुहुँदैन ? हेर्नुहोस्




परमोक्तगुणो  यस्तु निर्गुणोऽपि गुणे भवेत् । 

इन्द्रोऽपि लघुतां याति स्वयं प्रख्यापितैर्गुणैः ।। – चाणक्य

 

जसका गुणको अरुले वर्णन गर्छन् त्यो निर्गुण भए पनि गुणवान् ठानिन्छ । इन्द्रै भए पनि आफ्नो प्रशंसा गर्नाले लघुताभास हुन्छ । 

 आफ्नो गुणको अरुले प्रशंसा गरे भने त्यो निर्गुण नै भए पनि सगुण ठहरिन्छ । त्यो  विश्वासयोग्य हुन्छ । तर आफ्नो आफैले प्रशंसा गर्दा  सर्वस्वीकार्य हुन सक्दैन र लज्जाजनक पनि हुन पुग्छ । स्वर्गका राजा इन्द्र नै भए पनि आफ्नो प्रशंसा गर्ने व्यक्तिलाई सानो र तुच्छ मानिन्छ । त्यो लघुताभाषी नै हुन्छ । त्यसैले आफ्नो प्रशंसा आफैले नगर्नु भन्ने चाणक्यको नीति वचन अनुकरणीय देखिन्छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य– 



No comments:

Post a Comment