आज पद्मिनीएकादशीव्रत, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन ११ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 26, 2020

आज पद्मिनीएकादशीव्रत, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन ११ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ११ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको २७ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  शुक्लपक्षको एकादशी तिथि राति ९।२९  बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । श्रवण नक्षत्र राति ११।३२ बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।५५ मा छ भने सूर्यास्त बेलुका ५।५३ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका   छन् ।  

आज पद्मिनी एकादशव्ति परेको छ । अधिमासको शुक्लपक्षमा पर्ने एकादशीको नाम पद्मिनी हो । आज पुरुषोत्तम भगवान्को विशेष उपासना लाभप्रद रहनेछ । प्रत्येक ३२ महिनामा पद्मिनी एकादशी आउने गर्दछ । अधिकमासमा पनि शुक्ल एकादशीको व्रत धारण गर्नाले सन्तिति सुखका साथै परमात्मा परमेश्वरको अनुकम्पा पनि नित्य प्राप्त हुन्छ भने फल वर्णन पाइन्छ । यसैगरी यो व्रत धारण एवं पूजनले पृथ्वीका सम्पूर्ण तीर्थ व्रत गरे बराबरको फल पनि मिल्ने गर्दछ : 

 पृथिव्यां यानि तीर्थानि क्षेत्राण्यायतनानि च । 

तानि स्नातानि दृष्टानि येनाऽकारि हरेव्र्रतम् ।।  


यसैगरी सम्पूर्ण पापका राशलिाई नष्टगरी पुण्यको प्रदान गर्ने पद्मिनी एकादशीको महिमा रहेको छ ः पद्मिन्याः पापराशिघ्नं भुक्तिमुक्तिफलप्रदम् ।। भविष्योत्तरपुराण, एकादशीमाहात्म्य, २५।४ यसका साथै  एकादशीको माहात्म्य श्रवण गर्नाले वा सुनाउनाले पनि पुण्य फल प्राप्त हुने गर्दछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment