मेष राशिः मेष राशिका लागि यो साता अर्थकरी रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मित्र सुख मिल्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कला साहित्यका क्षेत्रमा पनि रुचि जग्गनेछ । विद्याको भाव मध्यम फलदायी रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । शत्रु निर्वल रहनेछन् । मंगल र बुधवार भने स्वास्थ्यमा प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ । चन्द्रमाको प्रतिकूलताले शीतकारक वस्तुको प्रयोगमा पनि सजग रहनु नै उचित हुनेछ ।
वृष राशिः वृष राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नेछ । आय आर्जनमा पनि वृद्धि हुनुका साथै वित्तीय क्षेत्र सबल रहने देखिन्छ । लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । अध्ययन अध्यापनमा सफलताका साथै साहित्यिक क्षेत्र पनि सुखद् रहने देखिन्छ । प्रेम पारखिलो रहनेछ । सांगीति क्षेत्र पनि यो साता सफल रहने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै नयाँ कार्यका अवसर पनि प्राप्त हुनेछन् । बिहीवारबाट भने स्वास्थ्यमा प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ । शत्रु पक्ष पनि सबल रहने भएकाले सजग रहनु नै उचित हुनेछ ।
मिथुन राशिः मिथुन राशिका लागि यो साता उन्नतिदायी रहनेछ । व्यवसायमा वृद्धि हुनुका साथै धातुजन्य वस्तु विशेष लाभदायी रहनेछन् । धनको क्षेत्र सबल देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै अध्यात्म चिन्तनमा मन प्रवृत्त हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । प्रेममा पारख बढ्नुका साथै सम्बन्धमा नयाँ आयाम थपिनेछ । शत्रु पक्ष निर्वल रहनेछन् । पारिवारिक साथ सहयोग मिल्नेछ । कृषि व्यवसायको क्षेत्र समुन्नत रहनेछ । सांगीतिक क्षेत्र पनि यो साता सुखद् रहने साप्ताहिक राशिफल रहेको छ ।
कर्कट राशिः कर्कट राशिका लागि साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमवारससम्म भने कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । शारीरिक आलश्यताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्नेछ । वित्तीय क्षेत्र सबल रहने देखिन्छ । मित्र लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै धातुजन्य वस्तु विशेष लाभदायी रहनेछन् । बोलीमा ओजव बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै कला मनोरञ्जनका क्षेत्र पनि अधिक समय व्यतित हुने साताको राशिफल रहेको छ ।
सिंह राशिः सिंह राशिका लागि साता सुखद् रहनेछ । मनोवलमा वृद्धि हुनेछ । साताभरि नै चन्द्रमा अनुकूल रहने भएकाले बित्तीय क्षेत्र सबल रहने देखिन्छ । धार्मिक कार्यमा मन प्रवृत्त हुनेछ । व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै प्रेम जीवन पनि सुखद् रहनेछ । सम्बन्धका नयाँ आयाम थपिनेछन् । पद प्रतिष्ठा अभिवृद्धिका योग देखिन्छन् । मित्र सहयोग मिल्नुका साथै नयाँ कार्यका अवसर पनि प्राप्त हुनेछन् । विद्याको क्षेत्र पनि फलदायी रहने साताको राशिफल रहेको छ ।
कन्या राशिः कन्या राशिका लागि साता सफल रहनेछ । भाग्यको क्षेत्र बलवान् देखिन्छ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । चन्द्रमको अधिकतम अनुकूलताले व्यवसायमा पनि वृद्धि गराउने देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कार्य व्यवसायमा उन्नतिका साथै नयाँ लगानीका अवसर पनि प्राप्त हुनेछन् । मित्र सुख मिल्नेछ । प्रेम जीवन सुखद् रहनुका साथै वाक्कलामा विशेष सफलता मिल्ने देखिन्छ । धार्मिक क्षेत्र पनि सबल नै रहनेछ । बिहीवारबाट भने चन्द्रबल कमजोर रहनेछ । जसले स्वास्थ्यमा प्रतिकूलताको सामना गर्नुपर्ने साताको राशिफल रहेको छ ।
तुला राशिः तुला राशिका लागि साता सुखद् रहनेछ । आर्थिक पक्ष सबल रहनेछ । खेल क्षेत्रमा रुचि जाग्नुका साथै सुख्द यात्राका अवसर पनि मिल्नेछन् । भौतिक वस्तुबाट लाभ रहनेछ । कला सृजानमा रुचि बढ्नेछ । सांगीतिक षेत्र पनि यो साता उन्नत नै रहनेछ । धार्मिक आध्यात्मिक क्षेत्रमा पनि संलग्नता रहने देखिन्छ । प्रेम जीवन सुखद् रहनुका साथै सम्बन्धमा नयाँ आयाम थपिनेछन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । आमदनीको स्रोत बढ्ने साताको राशिफल रहेको छ ।
वृश्चिक राशिः वृश्चिक राशिका लागि साता मिश्रित फलदायी रहनेछ । कार्य क्षेत्रमा उनति हुने देखिन्छ । धार्मिक कार्यमा विशेष रुचि रहनुका साथै आधयत्मिक चिन्तामा मन अभिप्ेरित रहनेछ । नयाँ कार्यमा मन अग्रसर रहनुका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । अध्ययन अध्यापन सफल रहनेछ । सन्तानसुखका योग पनि देखिन्छ । सौन्दर्य प्रसाधनमा मन अधिक रहनेछ । प्रेममा पनि पारख बढ्ने देखिन्छ । आर्थिक उन्नतिका साथै मित्रसहयोग मिल्नेछ । सागीतिक क्षेत्र पनि यो साता सबल रहनेछ । मंगल र बुधवार भने दिन कार्यदायी रहनसक्नेछन् । शत्रुपक्ष सबल रहनुका साथै खर्चको क्षेत्र पनि अस्थिर रहने साताको राशिफल रहेको छ ।
धनु राशिः धनु राशिका लागि साता सफल रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । बृहस्पतिले धन क्षेत्रलाई उन्नत बनाएका छन् । अध्ययन अध्यापनिको क्षेत्र सफल देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि रहेका छन् । प्रेम जीवन सफल रहनेछ । मंगल र बुधवार भने चन्द्रमाको प्रतिकूलता रहने भएकाले दिन संघर्षमय रहनसक्नेछन् । आर्थिक अस्थिरताका साथै प्रतिकूल स्वास्थ्यको सामना गर्नुपर्ने देखिन्छ । अन्य समय सुखद् नै रहनेछ ।
मकर राशि : मकर राशिका लागि यो साता उन्नतिकारक रहनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । विद्याको क्षेत्र सुदृढ रहनेछ । सृजनात्मक कार्यमा मन अभिपैरित रहनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । आफन्त जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ । बिहीवारबाट भने शत्रु पक्ष सबल रहनुका साथै कार्य क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । उक्त समयमा स्वाथ्यमा पनि सजग रहनु नै उचित हुनेछ ।
कुम्भ राशिः कुम्भ राशिका लागि साता सफल रहनेछ । आर्थिक उन्नतिका साथै आय आर्जनमा पनि वृद्धि हुने देखिन्छ । मित्रजनबाट भने सजग रहनु नै उचित हुनेछ । कृषि व्यवसायमा यो साता उन्नत रहनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । कर्म क्षेत्र सबल रहनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बिहीवारबाट भने समय प्रतिकूल रहनसक्ने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा अवरोध खडागर्न सक्नेछन् । अतः यो साता बुद्धि पक्षको प्रयोग नै शुभ रहने देखिन्छ ।
मीन राशि : मीन राशिका लागि साता मिश्रित फलदायी रहनेछ । आरम्भको समय केही कार्यदायी रहनसक्ने देखिन्छ । ग्रहबल कमजो रहने भएकाले कार्यमा सजग रहनुनै लाभप्द रहनेछ । मंगलवारपछिको समय सुखद् रहने देखिन्छ । आय आर्जनका स्रोत बढ्नुका साथै कार्य व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । प्राज्ञिक कायर्।मा मन अभिप्रेरित हुनेछ । पारिवारिक साथ सहयोग मिलनुका साथै मेसिनरी वसतु विशेष लाभदायी रहनेछन् । कृषि वयवसायमा पनि सफलता मिल्ने देखिन्छ । सृजान्तमक कामर्यमा मन अभिप्रेरित रहने साताको राशिफल रहेको छ ।
उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment