श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको ५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको २१ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन शुक्लपक्षको चतुर्थी तिथि बिहान ७।३३ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । विशाखा नक्षत्र राति २।५९ बजेसम्म रहनेछन् । यसैगरी आज वैधृति योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।५२ मा छ भने सूर्यास्त बेलुका ६।० बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा रहेका छन् ।
आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment