आज पूर्णिमाव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन १५ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 30, 2020

आज पूर्णिमाव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ आश्विन १५ गते


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको १५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  शुक्लपक्षको पूर्णिमा तिथि राति १।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  उत्तराभाद्रपदा नक्षत्र अहोरात्र   रहनेछन् । यसैगरी आज वृद्धि योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।५७ मा छ भने सूर्यास्त बेलुका ५।४८ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका   छन् । 

 

आज पूर्णिमाव्रत परेको छ । पूर्णिमामा चन्द्रमाको उपासना गरिन्छ । यो व्रत जुनदिन रात्रिकालीन समयमा पूर्णिमा तिथि रहन्छ सोही दिन लिनुपर्दछ ।  आजको रात्रिकालीन समयमा पूर्णमा तिथि रहेकाले आज पुर्णिमाव्रत रहेको हो । चन्द्रजन्य दोष निवारणका साथै अभीष्ट सिद्धिका निीम्त पनि पूर्णिमाको व्रतधारण गरिन्छ । 




 उपप्राध्यापकनारायणप्रसादनिरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment