आजको राशिफल २०७७ आश्विन १५ गते, बिहीवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 30, 2020

आजको राशिफल २०७७ आश्विन १५ गते, बिहीवार

 




मेष राशिः शत्रु पक्ष आज सबल रहनसक्नेछन् । कार्य क्षेत्रमा संघर्षका साथै शारीरिक आलश्यताले पनि सताउनसक्ने देखिन्छ । बोली एव. व्यवहारमा सजग रहनु नै आज उचित हुने देखिन्छ । 

 

वृष राशिः पराक्रम बढ्नेछ । अध्ययनमा रुचि रहनुका साथै प्रतिस्पर्धात्मक क्षमतामा पनि वृद्धि हुनेछ । धातुजन्य वस्तु पनि आज शुभ फलदायी रहनेछन् ।


मिथुन राशिः मित्र सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै मन नयाँ कार्यमका प्रवृत्त रहने देखिन्छ । प्रेम जीवन पनि आज सुखमय व्यतीत हुनेछ । 


 कर्कट राशिः द्रव्य लाभ हुनेछ । कान्ति वृद्धिका साथै मन नयाँ कार्यमा प्रवृत्त रहने देखिन्छ । अध्ययन अध्यापनामा पनि सफलता मिल्ने देखिन्छ । 


सिंह राशिः  दिन कार्यदायी रहनसक्नेछ । चन्द्रमाको प्रतिकूलताले खर्च वृद्धिका साथै शत्रुपक्षबाट पनि भय रहनसक्नेछ । बुद्धि पक्षको प्रयोग आज लाभदायी हनेछ  ।


 कन्या राशिः  वृत्ति लाभ हुनेछ । कार्य व्यवसायमा उन्नतिका साथै यात्रका योग पनि देखिन्छन् । पारिवारिक सुख मिल्नुका साथै प्रेम जीवन पनि उन्नत रहनेछ ।


तुला राशिः पराक्रम बढ्नेछ । मित्र सुखका साथै भौतिक वसतुबाट लाभ हुने देखिन्छ । जलीय वस्तु आज शुभफलदायी रहनेछन् । विद्याको क्षेत्र सबल देखिन्छ । 


वृश्चिक राशिः गृह सुख मिल्नेछ । कान्ति वृद्धिका साथै मन नयाँ कार्यमा प्रवृत्त रहने देखिन्छ । अध्यात्म चिन्तका साथै धार्मिक कार्यमा पनि संलग्नता रहने आजको राशिफल रहेको छ । 


धनु राशिः ग्रहबल आज कमजो रहनेछ । जसले शत्रु भयका साथै स्वास्थ्यमा पनि प्रतिकूलता निम्त्याउनसक्ने देखिन्छ । बुद्धि पक्षको प्रयोग आज शुभ रहनेछ । 


मकर राशिः मनमा स्फुर्ति छाउनेछ । कार्य व्यवसायमा उन्नतिका साथै यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुखका योग पनि देखिन्छन्  ।


   कुम्भ राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । कार्य क्षेत्रमा उन्नतिका साथै यात्राका योग पनि देखिन्छन् । विद्याको क्षेत्र आज उन्नत रहनेछ । 


मीन राशिः शारीरिक स्फुर्ति रहनेछ । जलीय वस्तु लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ । सृजनात्मक कार्यमा रुचि रहने आजको राशिफल रहेको छ । 

उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्

No comments:

Post a Comment