श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको १६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको २ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको प्रतिपदा तिथि राति ३।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र बिहान ६।४ बजेसम्म रहनेछन् । यसैगरी आज ध्रुव योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।५७ मा छ भने सूर्यास्त बेलुका ५।४७ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।
आज शुक्रवार इन्द्रायणी भगवान्को उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment