न वेत्ति यो यस्य गुणप्रकर्षं सतं सदा निन्दति नात्र चित्रम् ।
यथा किराती करिकुम्भलब्धं मुक्तां परित्यज्य विभर्ति गुञ्जाम् ।। – चाणक्य
जसले गुणको यथार्थलाई जान्दैन त्यो निरन्तर अरुको निन्दा गर्दछ । जस्तै भिल्लिनीहरु हात्तीका मस्तकको मोती छोडेर रातीगेडी लगाउछन् ।
वास्तवमा आफ्नो गुणको यथार्थलाई आँकलन नगर्ने व्यक्तिले नै अरुको आलोचना गर्दछन् । अरुको यर्थालाई आँकलन गर्ने व्यक्तिले अरुको आलोचना गर्न सक्दैन । चाणक्यले यस्ता आलोचकलाई भिल्लको मोतीमा तुलना गरेका छन् । जसरी मणिलाई पनि कौडीको मूल्य संझिने भिल्लिनी मोती छोडेर उही रातीगेडीको माला लगाउछन् । अर्काका कुरा काट्नेको पनि यस्तै हालत हुने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–
No comments:
Post a Comment