श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २१ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको ७ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको पञ्चमी तिथि बिहान १०।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । रोहिणी नक्षत्र बेलुका ६।३ बजेसम्म रहनेछन् । यसैगरी आज व्यतीपात योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६।०० मा छ भने सूर्यास्त बेलुका ५।४१ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहेका छन् ।
आज बुधवार लक्ष्मीनारायण भगवान्को उपासना आज लाभदायी रहनेछ । यसैगरी हरिया वस्तुको प्रयोग पनि आज उत्तम रहेने छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment