आज अष्टमीव्रत, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन २३ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 8, 2020

आज अष्टमीव्रत, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आश्विन २३ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको ९ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन  कृष्णपक्षको  सप्तमी   तिथि दिवा १२।३६ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  आद्र्रा नक्षत्र राति ८।३७  बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।०१ मा छ भने सूर्यास्त बेलुका ५।३९ बजे हुनेछ । चन्द्रमा आज मिथुन  राशिमा रहेका   छन् ।  

आज अष्टमीव्रत परेको छ । अष्टमीमा दुर्गा भगवतीको उपासना हुने गर्दछ । यसैगरी आज राता वस्तुको प्रयोग पनि लाभदायी रहनेछ । 


No comments:

Post a Comment