आजको राशिफल २०७७ आश्विन २२ गते, बिहीवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 7, 2020

आजको राशिफल २०७७ आश्विन २२ गते, बिहीवार

 






मेष राशिः  प्रेममा पारख बढ्नेछ । व्यवसायिक सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । शत्रुपक्ष दुर्वल रहनेछन् । 


वृष राशिः  व्यवसायमा वृद्धि हुनेछ । बौद्धिक कार्यमा मन जानुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको क्षेत्र आज मध्यम फलदायी रहनेछ ।


मिथुन राशिः ग्रह बल आज कमजोर देखिन्छ । खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।


कर्कट राशिः पराक्रम बढ्नेछ । मित्र लाभ हुनुका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । परोपकारी कार्यमा विशेष लागव रहनसक्नेछ ।  


सिंह राशिः  बौद्धिक कार्यमा मन जानेछ । बोलीमा ओज रहनुका साथै कार्यक्षेत्रमा पनि सफलता मिल्न देखिन्छ ।  प्रेम जीवन सुखद् रहनेछ ।  


कन्या राशिः  व्ययमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा पनि अस्थिरताले राज गर्न सक्ने देखिन्छ । आज जलीय वस्तु लाभदायी रहनेछन् । 


  तुला राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्चमा पनि वृद्धि गराउनसक्ने देखिन्छ । प्रेम जीवन मध्यमफलदायी रहनेछ ।

 

वृश्चिक राशिः  धातुजन्य वस्तु लाभदायी रहनेछन् । धार्मिक कार्यमा रुचि रहनुका साथै अध्ययन अध्यापानको क्षेत्र पनि सबल रहनेछ । मित्र सहयोगले दिन सार्थक  बन्ने देखिन्छ । 


धनु राशिः  पराक्रम बढ्नेछ । कला साहित्यका क्षेत्रमा रुचि रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । भौतिक वस्तुबाट लाभ रहने देखिन्छ । 


 मकर राशिः पारिवारिक सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यापार व्यवसायमा पनि उन्नति हुने देखिन्छ । लेखन कार्यमा विशेष अभिरुचि रहनेछ ।


 कुम्भ राशिः शत्रुपक्ष सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्य क्षेत्रमा पनि संघर्ष र्नुपर्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ ।  


मीन राशिः पारिवारिक सुख मिल्नेछ । आयमा वृद्धि हुनुका साथै सामाजिक कार्यमा मन अभिप्रेरित रहनेछ । कर्म क्षेत्र सबल रहने देखिन्छ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment