आज गोवर्धनपूजा, गाई गाेरुकाे पूजा गर्ने दिन हेर्नुहोस् २०७७ कार्तिक ३० गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 14, 2020

आज गोवर्धनपूजा, गाई गाेरुकाे पूजा गर्ने दिन हेर्नुहोस् २०७७ कार्तिक ३० गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको १५ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको औँसी  तिथि दिवा ११।२७   बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  विशाखा नक्षत्र राति  ७।१६ बजेसम्म रहनेछन् । यसैगरी आज शोभन योग र किंस्तुघ्न  करण रहेका छन् । आज सूर्योदय बिहान ६।२६ मा छ भने सूर्यास्त बेलुका ५।१० बजे हुनेछ । चन्द्रमा आज  तुला  राशिमा रहेका छन् ।  


 आज गोवर्धनपूजा, गाई गाेरुकाे पूजा गर्ने दिन  हो । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई गाेरुकाे विशेष पूजा हुने गर्दछ । यस दिनलाई हल तिहार पनि भनिन्छ । यस दिन गोबरको गोवर्धन पर्वत बनाइ विशेष पूजा गरिन्छ । श्रीकृष्ण भगवान गोकुलमा गोपालहरूसँग रहनुभएको थियो । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट कुनै साथ सहयोग मिलेको थिएन । भगवान् श्रीकृष्णले एकदिन गोकुलवासीलाई केही सहयोग नगर्ने  इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राखेपछि गोवद्र्धन पर्वतको पूजा हुन्छ । आफ्नो पूजा छाडी पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको घोर वर्षा गराउछन् ।  भगवान श्रीकृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीलाई आश्रय दिएपछि इन्द्र हार खाई माफ माग्न पुग्छन् । यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको मानिन्छ । नेवारी समुदायमा यस दिन म्ह पूजा हुने गर्दछ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment