आजको राशिफल २०७७ कार्तिक २९ गते, शनिवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 13, 2020

आजको राशिफल २०७७ कार्तिक २९ गते, शनिवार

 


मेष राशिः  आर्थिक पक्ष सबल रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् ।  व्यवसायिक सफलताले दिन सुखमय  व्यति हुने देखिन्छ । 


वृष राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै कार्य क्षेत्र पनि सबल रहनेछ । कलात्कम पक्षको उजागर हुने आजको राशिफल रहेको छ ।


मिथुन राशिः मित्र सुख रहनेछ, कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् यात्रका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहने राशिफल रहेको छ । 


कर्कट राशिः कार्यक्षेत्रमा संघर्षका योग देखिन्छन् । खर्चमा वृद्धि हुनुका साथै बोलीको प्रभावमा पनि कमी आउनेछ । अन्य पक्ष मध्यम फलदायी रहने देखिन्छ । 


सिंह राशिः प्रेममा पारख बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आय आर्जनमा पनि वृद्धि हुनेछ । व्यवसायकि क्षेत्र उन्नतिदायी रहने आजको राशिफल रहेको छ ।


कन्या राशिः मिष्ठान्न लाभ हुनेछ ।  आर्थिक उन्नतिका साथै जलीय वस्तु विशेष लाभदायी रहनेछन् । प्रेमममा पारख बढ्ने आजको राशिफल रहेको छ ।  


तुला राशिः वित्तीय लाभका योग देखिन्छन् । कार्य अवसर प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ । 


वृश्चिक राशिः शीतकारक वस्तुबाट हानि रहनेछ । वित्तीय क्षेत्रमा सुधार हुनुका साथै नयाँ कार्य अवसर पनि प्राप्त हुनेछन् । दिनको उत्तराद्र्ध विशेष लाभदायी रहनेदेखिन्छ । 


धनु राशिः दिन सुखद् रहनेछ । धनको क्षेत्र सबल रहनुका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित हने देखिन्छ ।


मकर राशिः  सामाजिक कार्यमा रुचि जाग्न्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । मित्र पक्षको साथ सहयोगले दिन सफल रहनेछ । 


कुम्भ राशिः मनमा प्रसन्नता रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै धार्मिक कार्यमा लगाव रहने देखिन्छ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।


मीन राशिः दिन कार्यदायी रहनेछ । व्यवसायमा अपेक्षित सफलता मिल्नुका साथै शारीरिक आलश्यताले सताउन सक्नेछ । स्स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।  

उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्


No comments:

Post a Comment