आज दीपावली, लक्ष्मीपूजाका साथै कुकुतिहारका पनि महिमासहित हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २९ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 13, 2020

आज दीपावली, लक्ष्मीपूजाका साथै कुकुतिहारका पनि महिमासहित हेर्नुहोस् आजको दिन २०७७ कार्तिक २९ गते

 


 श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको १४ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको चतुर्दशी तिथि दिवा १।४९   बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  स्वाती  नक्षत्र राति ८।५४ बजेसम्म रहनेछन् । यसैगरी आज आयुष्मान् योग र चतुष्पाद करण रहेका छन् । आज सूर्योदय बिहान ६।२५ मा छ भने सूर्यास्त बेलुका ५।१० बजे हुनेछ । चन्द्रमा आज  तुला  राशिमा रहेका छन् ।  

आज कुकुरतिहारका साथै लक्ष्मीपूजा पनि आजै परेको छ । चतुर्दशी तिथि दिउसो नै सकिने र औँसी तिथिलो भोलिको रातिमा नछुने वा बिहान ११।२७ बजे नै सकिने भएकाले आज दीपावली एवं कुकुरतिहार दुवै पर्व एकैदिन परेका छन् । 

कुकुर तिहार

 कार्तिक कृष्ण चतुर्दशीको दिन कुकुरको पूजा हुने गर्दछ । यस दिनलाई नरक चतुदर्शशी पनि भनिन्छ । यस अवसरमा कुकुरमो पूजा गर्नाले नरको यातनाभोगबाट मुक्ति मिल्ने गर्दछ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । गृहरक्षकका रूपमा पनि कुकुरको पूजा हुने गर्दछ । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धानमा पनि प्रयोग गरिन्छ । यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा समेत कुकरले पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । 

लक्ष्मी पूजा  वा दीपावली 

कार्तिक कृष्ण औँशीका दिन महालक्ष्मी भगवतीको उपासना हुने गर्दछ । गाईलाई पनि लक्ष्मीकै प्रतिरूप मानिन्छ ।  

महालक्ष्मी धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक हुन् । कार्तिक कृष्ण औंसीको अन्धकारमय रातलाई उज्यालो प्रकाशले आलोकित पार्न घर–घरमा बत्ती बाली महालक्ष्मीको आह्वान गरिन्छ । यस अवसरमा जुन घर पवित्र र उज्यालो छ त्यहाँ लक्ष्मीको आगमने हुन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ ।  यसैले यो अवसरमा आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गरी शुभलाभ पनि लेख्ने गरिन्छ । सबैतिरि दीपवत्तीले झिलिमिली बनाई यो औसीको रातामा चेलिवेटीबाट भैलिनी खेल्ने चलन पनि रहेको छ । 

भगवती आद्यमातृशक्ति हुनुहुन्छ । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान  देवीलाई  महालक्ष्मी भनिन्छ । जसलाई त्रिगुणमयी प्रकृतिको नामले पनि पुकारिन्छ ।  विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई  अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । 

विशेषतः महालक्ष्मी भगवतीका आठ रूप रहेका छन् । आद्य लक्ष्मी महालक्ष्मी हुन् । यसैगरी धनलक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, सन्तान लक्ष्मी, वीरा लक्ष्मी,  विजया लक्ष्मी वा जाया लक्ष्मी,  र विद्या लक्ष्मी गरी महालक्ष्मीका आठ रूप छन् । विद्याकी देवीलाई विद्या लक्ष्मी भनिन्छ । ज्ञान, कला, साहित्य एवं संगीतकी देवी साक्षत् सरस्वती हुन् । यसरी त्रिगुणमी महालक्ष्मी भगवतीको उपासना गर्नाले धन ऐश्वर्यका साथै सुख शान्ति प्राप्त हुने धार्मिक मान्यता रहेको छ । यही मान्यताका आधारमा लक्ष्मीपूजा पर्व हर्षोल्लासपूर्वक मनाइन्छ । 

उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment