श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको १८ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको चतुर्थी तिथि बेलुका ५।२२ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । श्रवण नक्षत्र राति १०।३१ बजेसम्म रहनेछन् । यसैगरी आज व्याघात योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।५० मा छ भने सूर्यास्त बेलुका ५।१० बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।
आज शुक्रवार इन्द्रायणी भगवतीको उपासना शुभ फलदायी रहनेछ । यसैगरी कला साहित्य एवं संगीतको साधना पनि आज शुभ रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment