आज विवाहपञ्चमी, कसरी सम्पन्न भएको थियाे भगवान् श्रीराम र सीता माताकोे शुभविवाह ? हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 18, 2020

आज विवाहपञ्चमी, कसरी सम्पन्न भएको थियाे भगवान् श्रीराम र सीता माताकोे शुभविवाह ? हेर्नुहोस्



 श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको १९ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको पञ्चमी तिथि बेलुका ५।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । धनिष्ठा नक्षत्र राति ११।७ बजेसम्म  रहनेछन् । यसैगरी आज हर्षण योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५१ मा छ भने सूर्यास्त बेलुका ५।११ बजे हुनेछ । चन्द्रमा आज  मकर  राशिमा रहेका   छन् ।  


आज विवाहपञ्चमी पर्व हो । त्रेतायुगमा भगवान् श्रीराम र सीता माताको शुभविवाह जनकपुरको विवाहमण्डपमा यही मार्गशीर्ष शुक्लपञ्चमीका दिन सम्पन्न भएको थियो । यही पवित्र दिनको संझनामा यस दिन भव्य रूपमा पर्व मनाइन्छ । यस अवसरमा जनकपुरमा मेला लाग्नुका साथै अयोध्याबाट जन्ती आई जनकपुरमा प्रतीकात्मक विवाह गर्ने चलन पनि रहेको छ । 


विश्वामित्रसँग शिक्षा ग्रहणगर्दै गर्दै हिँड्नुभएका भगवान् श्रीराम यही मार्गशीर्ष शुक्लपक्षको पञ्चमीका दिन जनकपुरका राजा जनको राजधानीमा पुग्नुभएको थियो । जनकपुरमा राजा जनको भव्य दरवार रहेको थियो । उनी न्याप्रमी ज्ञानी राजा थिए । शिवभक्त राजा जनकको दरवारमा शिवजीको पिनाक धनुष विराजमान थियो । जसलाई कसैले पनि उठाउन सक्दैन थिए । उक्त धनुषलाई परशुरामले राख्न दिएका थिए । एकदिन सीता माताले दरवारको पूजाकोठा लिप्ने क्रममा उक्त गह्रौ धनुष उठाई अलि पर सार्नुभएछ । यसरी सामान्य मान्छेले गर्ननसक्ने काम जानकी माताबाट भएको देखी राजा जनकले उक्त धनुष उठाई जसले ताँदो चढाउनसक्छ उसैलाई आफ्नी छोरी सीताको विवाह गरिदिने घोषढाा गर्दछन् । उक्त समारोह यही मंसिर शुक्ल पञ्चमीका दिन राखिएको थियो । विभिन्न देशका शक्तिशाली पहलमान युवराज आदि उक्त प्रतियोगितामा भाग लिन आएका थिए । प्रतियोगिता सुरु भयो । सबै पहलमान युवराजले बल गरे तर कसैले पनि उक्त धनुष उठाउन सकेनन् । राजा जनक आफ्नी छोरी जानकीको विवाह नहुने भयो भनी चिन्तित हुनपुगे । यसपछि ऋषि विश्वामित्रको आज्ञा लिई भगवान् श्री रामले उक्त धनुष  उठाउनुभयो । यसरी धनुषमा ताँदो चढाएपछि उक्त धनुष तीन टुक्रा भएर भाँचियो । उक्त तीन टुक्र मध्ये एक आकाशमा उड्यो । एक टुक्रा पातालमा धसियो भने एकटुक्रा जमिनमै रह्यो । उक्त जमीनमा रहेको धनुष हाल पनि धनुषा धाममा अवस्थित रहेको छ । यसैगरी पातालमा धसिएको स्थानमा हाल धनुषसागर विद्यमान रहेको छ । 


यसरी धनुष भाँचिएपछि त्यहाँ भगवान् श्रीरामको जयजयाकार भयो । राजा जनक पनि प्रसन्न भए । माता सीताले पनि भगवान् श्रीरामलाई वरमाला पहि¥याइदिनुभयो । यही भव्य विवाहोत्सवको उपलक्ष्मा जनकपुरमा विवाहपञ्चमीमा मेला लाग्ने गर्दछ । भव्य झाकीहरू प्रदर्शन गरिन्छन् । विभिन्न उत्सवका कार्य गरी हर्षोल्लासपूर्वक पर्व मनाइन्छ । 

उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment