श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको १४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको २९ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको चतुर्ददशी तिथि बिहान ७।४० बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मृगशिरा नक्षत्र बेलुका ५।५६ बजेसम्म रहनेछन् । यसैगरी आज शुक्ल योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६।५५ मा छ भने सूर्यास्त बेलुका ५।१६ बजे हुनेछ । चन्द्रमा आज मिथुन राशिमा रहेका छन् ।
आज पूर्णिमाव्रत परेको छ । पूर्णिमाव्रत रात्रिव्यापिनी हुने गर्दछ । विशेषतः चन्द्रमाको उपासना यो र्वतमा विशेष रहन्छ । अभीष्टसिद्धिका निम्त पूर्णिमाव्रत उत्तम मानिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment