आज शुक्रवार, अंग्रेजी नयाँवर्ष हेर्नुहोस् आजको दिन २०७७ पौष १७ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 31, 2020

आज शुक्रवार, अंग्रेजी नयाँवर्ष हेर्नुहोस् आजको दिन २०७७ पौष १७ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको १७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष शुक्लपक्षको   द्वितीया  तिथि  बिहान ९।२२  बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । तिष्य नक्षत्र राति ८।३६ बजेसम्म रहनेछन् । यसैगरी आज वैधृति योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।१८ बजे हुनेछ । चन्द्रमा आज कर्कट  राशिमा रहेका   छन् ।

  

आज शुक्रवार इन्द्रायणी भगवतीको उपासना शुभफलदायी रहनेछ । यसैगरी आजबाट अंग्रेज िनयाँवर्ष सुन् २०२१ को आरम्भ भएको छ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment