आजको राशिफल २०७७ पौष ९ गते, बिहीवार - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 23, 2020

आजको राशिफल २०७७ पौष ९ गते, बिहीवार

 




मेष राशिः मिष्ठान्न लाभ हुनेछ । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ ।  भौतिक वस्तु लाभदायी रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् । 


वृष राशिः शत्रुपक्ष सबल रहनेछन् । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ । अन्य क्षेत्र मध्यम रहनेछन् । 


मिथुन राशिः आर्थिक लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै मिष्ठान्न प्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । 


कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै वित्तीय लाभका योग देखिन्छन् । प्रेम जीवन पनि पारखिलो रहने देखिन्छ । 


सिंह राशिः आज चन्द्रमा प्रतिकूल रहनेछन्  । जसले गर्दा खर्चमा वृद्धिका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।


कन्या राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै सुखद् यात्राका योग देखिन्छन् । अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ ।


 तुला राशि ः व्यवसायमा वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र पनि सबल नै रहने आजको राशिफल रहेको छ । 


वृश्चिक राशिः  द्रव्य लाभ हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । कृषि क्षेत्र पनि फलदायी रहन देखिन्छ ।


धनु राशिः आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल बन्ने देखिन्छ । प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ  ।


मकर राशिः ग्रहबल आज कमजोर रहनेछ । जसले आजको दिनलाई अस्थिरताका साथै खर्चिलो पनि बनाउन सक्नेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने देखिन्छ । 


कुम्भ राशिः वाणिज्य क्षेत्र सबल रहनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । समग्रमा आजको दिन सुखद् रहने देखिन्छ ।


मीन राशिः सामाजिक कार्यमा मन प्रवृत्त हुनेछ । आयमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्


No comments:

Post a Comment