श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको ८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत डिसेम्बर महिनाको २३ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको नवमी तिथि बेलुका राति ९।५३ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र बिहानका राति ६।११ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।५३ मा छ भने सूर्यास्त बेलुका ५।१३ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।
आज बुधवार लक्ष्मीनारायण भगवान्को उपासनाका साथै हरियावस्तुको प्रयोग शुभ फलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment