श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको १८ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष शुक्लपक्षको तृतीया तिथि बिहान ८।५४ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्लेषा नक्षत्र राति ८।३१ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।५७ मा छ भने सूर्यास्त बेलुका ५।१९ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।
आज शनिवार शनिदेवको उपासनाका साथै पिपलको दर्शन एवं स्पर्शन शुभफलदायी रहनेछ । यसैगरी शनिजन्य दोषबाट निवृत्तिका निम्ति शनिमृत्युञ्जयको पाठ पनि शुभ फलदायी रहनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment