आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ पौष २७ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 10, 2021

आज सोमवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ पौष २७ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल पौष महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत  जनवरी महिनाको ११ तारिख,  सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


 सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत पौष कृष्णपक्षको त्रयोदशी तिथि दिवा १।३५   बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् ।  ज्येष्ठा नक्षत्र बिहान ८।३७ बजेसम्म  रहनेछन् । यसैगरी आज वृद्धि योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२६ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा रहेका  छन् ।  

आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग शुभ फलदायी रहनेछ । 


 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment